धनुषा- मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा धनुषा नगराईन नगरपालिका- ६ बस्ने १९ वर्षीय शम्भु दास, २७ वर्षीय धर्मेन्द्र कुमार दास र जनकपुर उपमहानगरपालिका-५ का२२ वर्षीय सोनु मण्डललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका बस्ने राजेन्द्र ठाकुरको ज.१० प. ४५७० र सोही नगरपालिका- ५ गंगुलिका बिष्णुदेव झाको ज.११ प.८५५२ नम्बरको मोटरसाइकल घरबाट चोरी गरेर भाग्दै गरेको अवस्थामा मोटरसाइकल सहित उनीहरुलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
शम्भु र धर्मेन्द्रलाई सीमा प्रहरी चौकी लग्मा जटही, धनुषाबाट खटिएको प्रहरी टोलीले नगराईन नगरपालिका-६ स्थित बासझारीबाट र मण्डललाई जनकपुर-जटही सडक खण्डबाट फेला पारी पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







