बनेपा,बिगत १३ वर्ष देखि काभ्रेमा स्वास्थ्य सेवा दिदै आएको आई सि डि नेपालले १३ औ स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा शुक्रवार आयोजित १ दिने निःशुल्क स्वास्थ्य शिबिरबाट १ सय २५ जनाले सेवा लिएका थिए । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाकी उपप्रमुख रेखा दाहाल सापकोटाले संस्थाले स्वास्थ्य क्षेत्रमा गरेको कार्य प्रशंसनिय रहेको बताईन ।
अध्यक्ष श्याम तिमल्सिनाको सभापतित्व र सचिव बिलबहादुर श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, बनेपा नगरपालिका वडा नं.५का वडाअध्यक्ष बलराम अधिकारी,निवर्तमान अध्यक्ष माधव श्रेष्ठ,सल्लाहकार बिरबहादुर लामालगाएतले बोलेका थिए ।








