धुलिखेल, समुन्नत पाठशाला धुलिखेल ४ बखुण्डोलमा अध्यनरत युकेजीका ३७ जना बालबालिका दीक्षित भएका छन । शनिबार एक भव्य कार्यक्रमका बिच उनिहरुलाई दीक्षित गरिएको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवकृष्ण श्रेष्ठको अध्यक्षता तथा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पाठशालाकी प्रिन्सिल अनिता आचार्यले पाठशालाले दिएको शिक्षा, प्रविधियुक्त शिक्षण प्रणाली, बालबालिकाको सिकाइ उपलब्धि, व्यवहारिक, नैतिक तथा सामाजिक शिक्षा, बालबालिकाहरुको सिकाई र बालमैत्री वातावरणमा शिक्षा प्रदान गरिरहेको भन्दै अभिभावकहरुले दिएको विश्वास र भरोसालाई अझै बढावा दिने गरी शिक्षा प्रदान गर्ने बताईन ।
दिक्षित बालबालिकाहरुलाई प्रमाणपत्र, मायाको चिनो र फोटो फ्रेमलगायत प्रदान गरिएको कार्यक्रममा रेडियो एबिसीका अध्यक्ष एवं काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने, नव क्षितिज साप्ताहिक र राम्रोसन्देश डटकमका प्रधान सम्पादक नवराज बजगाई, धुलिखेल प्याब्सनका अध्यक्ष मिलन आचार्यलगायतको आतिथ्यता रहेको थियो । विद्यालयमा १ सय ६० जना विद्यार्थी अध्ययनरत छन ।








