बनेपा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही २१ गते बिहिवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताएका छन् ।
हिजो काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भूमिका खेलेका कारण चुनावको माहोल देउरालीसम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने (चुनाव सम्पन्न हुने) विश्वास व्यक्त गरेका छन । जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उनको भनाइ छ ।
यस्तो छ काभ्रेको मतदाता विवरण
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् । तीमध्ये एक लाख ६७ हजार ४९९ पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या एक लाख ५९ हजार ११० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकबाट दुई मतदाताले अन्यमा नाम लेखाएका छन् ।
जिल्लामा दुई वटा निर्वाचन क्षेत्र र १३ वटा पालिकामा १३५ वडा रहेका छन । पालिकागत रुपमा धुलिखेल नगरपालिकामा २७ हजार ९१५ मतदाता रहेका छन् । यहाँ पुरुषको संख्या १३ हजार ९५२ र महिलाको संख्या १३ हजार ९६३ रहेको छ । धुलिखेलमा १८ वटा मतदानस्थलमा ३४ केन्द्र रहेका छन् । त्यस्तै नमोबुद्ध नगरपालिकामा २७ हजार ६७५ मतदाता रहेकोमा १४ हजार २८२ पुरुष र १३ हजार ३९३ महिला मतदाता रहेका छन् । यहाँ १६ मतदानस्थलमा ३३ केन्द्र रहेको कार्यालयको तथ्यांक छ ।
पनौतीमा ४० हजार ७१० मतदाता रहेकोमा पुरुषको संख्या २० हजार २१० र महिलाको संख्या २० हजार ५०० रहेको छ । यहाँ २० वटा मतदानस्थलमा ४६ वटा मतदान केन्द्र रहेका छन् । पाँचखालमा ३२ हजार ४०७ मतदाता छन् । यहाँ १६ हजार ४५० पुरुष र १५ हजार ९५७ महिला मतदाता रहेका छन् भने यहाँ मतदानस्थलको संख्या १८ र मतदान केन्द्रको संख्या ३८ रहेको छ ।
बनेपामा ४० हजार ९१० मतदाता रहेका छन् । यहाँ पुरुषको संख्या २० हजार १३५ र महिलाको संख्या २० हजार ७७५ छ । यस पालिकामा कूल २४ वटा मतदानस्थल र ५३ मतदान केन्द्र रहेका छन् । मण्डनदेउपुरमा ३० हजार ४९४ मतदाता रहेका छन् । यस पालिकामा पुरुषको संख्या १५ हजार ७८९ र महिलाको संख्या १४ हजार ७०५ तथा मतदानस्थल १६ र ३६ वटा केन्द्र रहेका छन् ।
बेथानचोक गाउँपालिकामा १५ हजार ३३५ मतदाता छन् । यहाँ ७ हजार ७१२ पुरुष र ७ हजार ६२३ महिला तथा ९ मतदानस्थलमा १९ केन्द्र रहेको आयोगले जनाएको छ । खानीखोलामा ५ हजार ६१८ पुरुष, ४ हजार ९९१ महिला र एक जना अन्य गरि कूल १० हजार ६१० जना मतदाता रहेका छन् । यहाँ मतदानस्थल १० र मतदान केन्द्र १६ वटा रहेका छन् । चौंरीदेउराली गाउँपालिकामा पुरुष मतदाताको संख्या ११ हजार ८८८ र महिलाको संख्या १० हजार ३९० गरि २२ हजार २७८ संख्या रहेको छ । यहाँ ११ मतदानस्थलमा २६ वटा केन्द्र रहेका छन् । तेमाल गाउँपालिकामा १२ हजार ११९ पुरुष र १० हजार ७८६ महिला गरि २२ हजार ९०५ मतदाता रहेका छन् । यस पालिकामा १२ मतदानस्थल र २८ केन्द्र रहेका छन् । भुम्लुमा १८ हजार १५६ कूल मतदाता छन् । यहाँ ९ हजार ६२३ पुरुष र ८ हजार ५३२ महिलाको संख्या रहेको छ । यहाँ एक जना अन्य मतदाता रहेका छन् । यस पालिकामा १३ मतदानस्थल तथा २४ मतदान केन्द्र रहेका छन् ।
महाभारतमा जम्मा १२ हजार ९२५ मतदाता रहेका छन् । यहाँ ६ हजार ८७४ पुरुष, ६ हजार ५१ महिलाको संख्या छ । महाभारतमा ८ वटा मतदानस्थल तथा १६ वटा मतदान केन्द्र रहेका छन् । रोशी गाउँपालिकामा २४ हजार २९१ कूल मतदाता रहेकोमा पुरुषको संख्या १२ हजार ८४७ र महिला ११ हजार ४४४ जना रहेका छन् । यहाँ मतदानस्थलको संख्या १४ छ भने ३१ वटा केन्द्र रहेको कार्यालयले जनाएको छ ।
यि हुन काभ्रेका उम्मेदवार
काभ्रेको निर्वाचन क्षेत्र नम्वर १ मा १५ दल र ३ स्वतन्त्र ३ गरी १८ जना प्रतिस्पर्धामा छन् भने निर्वाचन क्षेत्र नम्वर २ मा १६ दल, ८ स्वतन्त्र गरी २४ को उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर १ मा अन्य समुहबाट एक जना प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेबाट अमित लामा, नेपाली काँग्रेसबाट गुणराज मोक्तान, नेपाली कम्युनिष्ट पार्टीबाट दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाई उम्मेदार रहेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, नेमकिपाबाट राजु तामाङ, नेशनल रिपब्लिक नेपालका तर्फबाट भरत तामाङ, मंगोलनेशनल अर्गनाईजेशनका तर्फबाट कमलबहादुर लामा, समाबेसी समाजबादी पार्टीबाट विनोद लामा, जसपा जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, नेकपा माओवादी विप्लव समुहबाट कान्छा तामाङ, प्रगतिशिल लोकतान्तित्रक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामा, त्यस्तै राजेश श्रेष्ठ, युवराज चौलागाई र जीवन लामा स्वतन्त्र उम्मेदार रहेका छन ।
निर्वाचन क्षेत्र नम्वर २ मा नेकपा एमालेबाट अशोक ब्याञ्जु, नेपाली काँग्रेसबाट मुध आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बसुन्धरा हुमागाई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जिव श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैंजु, नेमकिपाबाट मुना तामाङ, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट राजन थापा, नेशनल रिपब्लिक नेपालका तर्फबाट सुकमान तामाङ, राष्ट्रिय जनमोर्चाबाट सूर्वणविक्रम थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेशनका तर्फबाट उमेश तामाङ, जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, श्रम संस्कृति पार्टीबाट टंकबहादुर लामा, प्रगतिशिल लोकतान्तित्रक पार्टीबाट रमेशबहादुर घर्ति क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कान्छाराम घिसिङ, त्यस्तै आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ र सीताराम मैनाली स्वतन्त्र उम्मेदार रहेका छन ।