बेलर इन्टरनेशनल एकेडेमी बनेपाका कक्षा ८ र ९ का विद्यार्थीहरूले आईतबार बनेपाका मन्दिर परिसरमा सरसफाई गरेका छन ।
कक्षा ९ का विद्यार्थीहरूले बनेपा स्थित धनेश्वर मन्दिर परिसरमा र कक्षा ८ का विद्यार्थीहरूले चण्डेश्वरी सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका हुन । उक्त कार्यक्रममा विद्यार्थीहरूले फोहोरमैला संकलन गरी वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वप्रतिको सकारात्मक सन्देश प्रवाह गरेको बेलर इन्टरनेशनल एकेडेमीकी प्रधानाध्यापक इन्दु थापाले बताएकी छन ।