उज्यालो नेपाल पार्टीकोतर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार जितराम लामाले आफनो प्रतिस्पर्धा नयाँं दलसँंग हुने दावी गरेका छन् । भक्तपुर क्षेत्र नं २ मा आफनो प्रतिस्पर्धा पुराना दलहरु नेपाली कांग्रेस, एमालेलगायतका पार्टीका उम्मेदबारहरुसँंग नहुने उनको दावी हो ।
शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा लामाले आफनो जीत निश्चित भएको पनि दावी गरे । उनले आफूलाई टक्कर दिने भने राष्टिय स्वतन्त्र पार्टी रास्वपा रहेको मूल्यांकन गरे । रास्वपा पनि एक हिसावले पुरानै पार्टी भइसकेको छ, उनले भने, त्यो पार्टीका सभापति रवि लामिछाने पनि उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेर जनताबाट टेष्टेट पार्टी भयो ।
उनले जनता नयाँं पार्टीको पक्षमा रहेको र त्यो भनेको यसकारण पनि उज्यालो नेपाल पार्टी भएको दावी गरे । यसकारण भक्तपुर क्षेत्र नं २ मा रास्वपाका राजीव खत्रीसँंग आफनो प्रतिस्पर्धा भए पनि जीत आफूले निकाल्ने उनको दावी छ ।
भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट पत्रकार कविर राणा, एमालेबाट महेश वस्नेत, राष्टिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापालगायतको उम्मेदबारी छ । भक्तपुर क्षेत्र नं २ मा यी पार्टीहरुबीच नै प्रतिपस्र्धा हुने अनुमान छ ।
कार्यक्रममा पार्टीका भक्तपुर क्षेत्र नं १ का उम्मेदबार रमेश वल्ल, पार्टी जिल्ला संयोजक दुर्गाबहादुर घिमिरे, पार्टीको तर्फबाट समानुपातिक उम्मेदबारहरु सीता पाण्डे, डा जुनु कार्कीलगायतले प्रत्यक्षतर्फ चिम र समानुपातिकतर्फ बाँसुरी चिन्हमा मतदान गरी आफूहरुलाई विजयी बनाउन आग्रह गरे । कार्यक्रम नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरमा भएको थियो ।