धुलिखेल, जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. धुलिखेल–८ बडालगाउँको १८ औ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उद्धब प्रसाद बडालको सभापतित्वमा सम्पन्न भएको साधारण सभाले रमेशप्रसाद न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

नयाँ संचालक समितिको उपाध्यक्षमा कृष्ण बहादुर भुजेल, सचिवमा गणेशप्रसाद बडाल, कोषाध्यक्षमा पार्वती के.सी र सदस्यहरुमा जानुका चौलागाईं ,चादँनी चौलागाईं, प्रल्हाद बडाल, रामहरि बडाल र राजकुमार मिजार रहनु भएको छ । यसैबीच दामोदर बडालको संयोजकत्वमा नवराज हुमागाई र प्रतिमा बडाल रहेको लेखासुपरिवेक्षण समिति समेत निर्वाचित भएकोे छ ।

संचालक समिति सदस्य गणेशप्रसाद बडालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिब रमेशप्रसाद बडालले प्रगति प्रतिवेदन र आगामी वर्षको कार्ययोजना प्रस्तत गर्नुभयो भने कोषाध्यक्ष रमेशप्रसाद न्यौपानेले आ.व ०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । ६०० जना शेयर सदस्य रहेको संस्थाको पुँजी ३१ लाख ४८ हजार ,कारोबार २ करोड ६४ लाख ४ हजार ५३८ रहेको छ । निर्वाचन उप–समिति संयोजक अधिकृत) साधुराम बडाल र सदस्यहरु कृष्ण प्रसाद शर्मा र शिव चौलागाईंले नयाँ निर्वाचित टिमको घोषणा गर्नुभएको कार्यक्रमको सन्चालन संस्थाका ब्यवस्थापक नवराज बडालले गर्नुभएको थियो ।