सांस्कृतिक अभियन्ता राजानन्द माण्डव्य उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत भएका छन । जनकपुरधाममा भएको नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशनका अवसरमा माण्डव्यलाई उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोज साह र नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष रजनी थापालगायतले सम्मान प्रदान गरेका थिए । सम्मानपछि अभियन्ता राजानन्द माण्डव्यले सम्मानले झन जिम्मेवारी थपेको र नेपाल जेसिजको अभियानमा सदैव साथै रहने बताए । आफूले राष्ट्रको सेवामा दिएको योगदानलाई जेसिजले कदर गरेकोमा आभार व्यक्त गरेका थिए ।
राष्ट्रिय पोशाक दिवस, टोपी दिवस तथा झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्य बिभिन्न सामाजिक अभियानमा सक्रिय रहेका छन । विगत एक दशकदेखि ‘राष्ट्रिय पोशाक दिवस’ र ‘राष्ट्रिय झण्डा दिवस’को स्थापनासँगै राष्ट्रिय पोशाक र झण्डाको संरक्षण तथा प्रचार–प्रसारमा विशेष भूमिका निर्वाह गर्दै आएका माण्डव्य नेपाली संस्कृति, सम्पदा र धरोहरको जगेर्ना गर्न उल्लेखनीय योगदान पु¥याउँदै आएका छन ।








