बनेपा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको आगामी कार्यकालका लागि उदयराम कायस्थको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत चयन भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार पौष ५ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकोमा विभिन्न पदमा निर्विरोध निर्वाचित गरिएको हो । अध्यक्ष पदमा उदयराम कायस्थको मात्रै उम्मेदवारी परेकाले उहाँ पुनः अध्यक्षमा निर्वाचित हुनुभयो । संचालक समितिका उपाध्यक्ष र एक सदस्य बाहेक अधिकांश पदमा निर्विरोध भएको छ । उपाध्यक्षमा निर्मला श्रेष्ठ र सागर कपालीकोे उम्मेदवारी दर्ता भएको छ । संघमा एक जना मात्रै उपाध्यक्ष रहने व्यवस्था छ ।
सचिवमा राजन अधिकारी, कोषाध्यक्षमा जीवन श्रेष्ठ, लेखा समिति संयोजक शिवप्रसाद आचार्य निर्विरोध निर्वाचित हुनुभयो । संचालक समिति सदस्यहरुमा विनोद सापकोटा, जान्दवी अधिकारी, श्रीकृष्ण न्यौपाने, चन्दा श्रेष्ठ, राजन सापकोटा, रमेश न्यौपानेले उम्मेदवारी दिनुभएको छ । पुरुष सदस्य तर्फ एक जनाको उम्मेदवारी बढी परेको छ । महिला तर्फ निर्विरोध भएको छ । लेखा समितिमा नवराज केसी र राजकुमार आचार्य निर्विरोध हुनुभयो ।








