काभ्रेपलाञ्चोक जिल्लाको बनेपाका स्थायी बासिल्दा अनुप अधिकारीले अष्ट्रेलियाको गोल्डकोस्टमा स्टुडेन्ट एक्सिलेन्स एर्वाड जितेका छन् । यसले सिंगो नेपाल र काभ्रेपलाञ्चोकमा चर्चा सुरु भएको छ ।
सानै उमेरदेखि पशु अधिकार, मानवअधिकार र साथीभाईबीचको सम्बन्धलाई प्रगाढ बनाउने अनुपको उपलक्धीप्रति अष्ट्रेलियाको सिंगो नेपाली समुदाय खुसी भएको छ । नेपाली विद्यार्थी अनुपलाई कम्युनिटी पियर सर्पोट एवार्ड श्रेणीमा उत्कृष्टता पुरस्कार प्रदान गरिएको हो । गोल्ड कोस्टको बहुसाँस्कृतिक विद्यार्थीको समुदायमा सहयोग नेतृत्व, सामाजिक योगदान, र सकारात्मक प्रभावको आधारमा प्रदान गरिने यो सम्मान निक्कै महत्वपुर्ण मानिन्छ । यसले नेपालको थप चर्चा भएको छ ।
साउथन क्रस विश्वविद्यालयमा साईवर सेक्युरिटी एण्ड ईम्फरमेसन टेक्नोलोजीमा मास्र्टस अध्ययरत अधिकारी विद्यार्थी समुदायलाई जोड्ने साथीसाथीलाई सहायताको नेतृत्व गर्ने, नेतृत्व विकासमा टेवा पु¥याउने। र साँस्कृतिक एकता प्रर्बद्धनमा लामो समयदेखि सकृय रहेका थिए । उनले विश्वविद्यालयभित्र र बाहिरी समुदायमा आफैंलाई सहयोग र भरोसा दिलाउने व्यक्तित्वका रूपमा स्थापित गरेका छन्। उनको योगदानमा हिमालयन हार्मोनी मार्फत गरिएको काम विशेष उल्लेखनीय छ।
यस पहलमार्फत उनले नेपाली तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई एक ठाउँमा ल्याउने, सांस्कृतिक पहिचान प्रस्तुत गर्ने र समुदायमा सद्भाव तथा परस्पर सहयोगको भावना विस्तार गर्ने महत्वपूर्ण भूमिका निभाएका छन्। पुरस्कार ग्रहण गर्दै अधिकारीले आफ्नो भावना यसरी व्यक्त गरे “यो पुरस्कार मेरो यात्रामा थपिएको एउटा सानो डिन्ट को प्रमाण हो। यसले सबैलाई आफूभन्दा बाहिर सोच्न प्रेरित गर्ने सन्देश बोकेको छ। समुदायका लागि गरेका कामहरू साना देखिन सक्छन् तर तिनको प्रभाव ठूलो हुन सक्छ भन्ने कुरालाई यसले अझ स्पष्ट बनाएको छ।” अध्ययनसँगै अनुप अधिकारी स्नो वेभ प्रोडक्सा मार्फत कला, फोटो–भिडियोग्राफी, सांस्कृतिक कार्यक्रम र समुदायलाई जोड्ने परियोजनाहरूमा सक्रिय रूपमा संलग्न छन्। नयाँ वातावरणमा अध्ययन, काम र समुदाय सेवा सन्तुलन गर्दै अर्थपूर्ण योगदान दिन सफल हुनु नेपाली समुदायका लागि गर्वको विषय बनेको छ। उनको यो उपलब्धिले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ। साथै यसले युवापुस्तालाई समुदायप्रति उत्तरदायी भएर सकारात्मक प्रभाव छोड्ने प्रेरणा दिएको छ।
नेपालमा पनि अनुपको परिवार समाजसेवा, राजनीतिक चेतनाको विस्तार शिक्षा क्षेत्रमा सकृय अभियान्ता रहेका छन् । अनुपको पिता अमृत अधिकारीले व्यवसायसँगै सामाजिक कार्यमा निक्कै ठुलो योजदान दिएका छन् । आमा सर्वश्री अधिकारी पशु र मानव अधिकारको क्षेत्रमा कार्यरत अगुवा रहेकी छिन् । अष्ट्रेलियामा अनुपले हासिल गरेको उपलब्धिले सिङ्गो काभ्रे र नेपालले गर्वको महसुस गरेको छ ।