काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर–४, तिमल्सिना गाउँमा रहेको श्री कृष्ण मन्दिरको उद्घाटन मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । मन्दिरको उद्घाटन गर्दै मेयर वाइबाले सबै जनता आफ्नो काम कर्तब्यमा लगनशिल भएर मन्दिरको सरसफाइमा लाग्नु पर्ने बताउनु भयो ।
जेष्ठ सदस्य वालकृष्ण तिमल्सिनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मण्डनदेउपुर वडा नम्वर ४ का वडा अध्यक्ष मैते सिङ तामाङ, वडा नं. ३ का वडा अध्यक्ष पुरुषोतम बजगाई, पूर्व वडा अध्यक्ष भुवनबजगाईले मन्तब्य राख्नु भएको थियो । स्वागत मन्तब्य चुडामणी तिमल्सिनाबाट भएको कार्यक्रमको सञ्चालन सुदर्शन तिमल्सिनाले गर्नु भएको थियो । मन्दिर बनाउदाको आय ब्ययको प्रस्तुती कार्य समितिका तर्फबाट देबि प्रासद तिमल्सिनाले गर्नु भयको थियो करिब ८ लाख ५० हजार रुपैयामा तयार भयको मन्दिरको लागि नगर पालिकाबाट ७ लाख र अन्य रकम स्थानिय जनता बाट सहयोग गरिएको थियो भने बालुवा गिटि स्थानिय तुलसी नेपालबाट सहयोग भएको थियो । आर्थिक सहयोग तथा अन्य सहयोगि दातालाइ वडा अध्यक्ष मैतेसिङ तामाङबाट टीका लगाइ नगर प्रमुखबाट प्रमाण पत्र बितरण गरिएको मण्डनदेउपुर–४, का बिदुर तिमल्सिनाले जानकारी दिनु भयो ।