काठमाडौँ, टुक्का साहित्य समाजको आयोजनामा २०८२ साउन ४ गते साउन विषयमा केन्द्रित भई टुक्का कविता लेख्दै श्रृङ्खला १७७ सम्पन्न भएको छ ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँको संयोजकत्वमा सञ्चालन भएको उक्त कार्यक्रममा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानबाट ६१ जना टुक्काकारहरूको सहभागिता रहेको थियो । भर्च्युअल माध्यमबाट सञ्चालन भएको उक्त कार्यक्रमको प्रशिक्षण अध्यक्ष चापागाईँले गर्नु भएको थियो ।

टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रम सञ्चालन गर्नुको साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएको छ ।
कार्यक्रमको समापन गर्दै अध्यक्षर प्रशिक्षक चापागाईँले कार्यक्रममा सहभागी भएर साउन विषयमा केन्द्रित भई टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू

१) टुक्का कविता

पवित्र महिना साउन यो गरौँ शिवको भक्ति
सत्बुद्धि र सुकर्म गर्न लगाउँ सबैले शक्ति ।
✍️ ताराप्रसाद चापागाईं

२) टुक्का कविताहरू
१.
वर्षको चौथो महिना यो, असार पछि आउने
शिवजीको व्रत बसि, पहेँलो हरियो लाउने ।
२.
भगवान शिवको महिमा साउनमै लेखिने
प्रिय भक्तहरू मन्दिर परिसरमा देखिने ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाडौँ

३) टुक्का कविताहरू
१.
भिडभाड छ जताततै मान्छे वरिपरि
तर कसैले देख्दैन भित्री मनको झरी १
२.
बगाए हुन्थ्यो सबै मनका फोहोरमैलो
आई साउने खोला फुटाई घमण्डी थैलो ।
✍️ वसन्त अनुभव
वसन्तविहार, घोराही दाङ

४) टुक्का कविताहरू
१.
दिनमा घाम सितल साँझ हरियाली मास
साउन झरी नहुँदा पानी पटाउने आस ।
२.
वर्षामा धान नरोपी बित्ला मनको वेदना
के खानु वर्ष दिन म मागी छोडी आफ्नोपना ।
✍️ रचना शर्मा प्रतीक्षा
ललितपुर ।

५) टुक्का कविताहरू
१.
उमङ्गहरू उर्लेर आएँ मायाको सौगातमा
गर्जन्छ बादल साउने झरी चुमेको पातमा।
२.
हरियो माला रङ्गमा मेहदी श्रावण रमाएको
कलाईमा चुरा संसार समाइ लौ गीत गाएको।
✍️ हन्नाह छेत्री
दार्जिलिङ

६) टुक्का कविताहरू
१.
साउन महिना पर्छ धेरै पानी
नदीनाला तर्दा होस गर्नु नानी ।
२.
पानीपर्दा माटो अतिसारो गल्छ
रोप्न सके अन्न मङ्सिरमा फल्छ ।
✍️ होमप्रसाद नेउपाने
धरान, सुनसरी

७) टुक्का कविताहरू
१.
साउने झरी कसरी तरी बढेको छ भेल
काममा खट्ने ईश्वर भज्ने दैवको के खेल ।
२.
आकाशे पानी लाउने सानी बर्सादी ओडेर
हतारो काम खेतीमा ध्यान खान नै छोडेर ।
✍️ रामप्रसाद पुरी
बादेल, खोटाङ ।

८) टुक्का कविताहरू
१.
असार पन्ध्र दही चिउरा साउन पन्ध्र खीर
नदि नाला उर्लेर आउँदा त लाग्छ धेरै पीर ।
२.
हरियो चुरा मेहन्दिले रङ्गाएको छ साउनमा नारीले हात
गरिबको छोरी चेलीले काम गरेर पनि खानु पाएन भात ।
✍️ राज कुमार राजभण्डारी खोटाङ्गे
ऐसेलुखर्क ३ खोटाङ हाल भक्तपुर ।

९) टुक्का कविताहरू
१.
हरियो मेहन्दी लगाउने चुरा
श्रावणको संस्कृतिको गरौँ पुरा ।
२.
श्रावण वर्षाको हुन्छ याम
खेतबारी सुकेको छ ठाम ।
✍️ भगवती दवाडी
झापा, दमक

१0) टुक्का कविताहरू
१.
साउनमा पानी परेर खोला नाला बढेर आउने
शिवजिको नाम लिएर भजन किर्तन हो गाउने ।
२.
नारी पुरुष भएर बोलबम बाबा धाम गाउँदै
पहेँलो वस्त्रमा व्रत बस्दै शिवको मन्दिर धाउँदै ।
✍️ वेदु न्यौपाने

११) टुक्का कविता 

साउनमा बादल लाग्छ पानी पर्छ चारैतिर
किसानहरू खेतबारीमा व्यस्त हुन्छन् आखिर ।
✍️ बाबुराम पाण्डे

१२) टुक्का कविताहरू 
१.
छरेर मानो उमार्ने पाथी के बन्यो यो सृष्टि
साउने झरी परेन त्यति भयो अनावृष्टि रु।
२.
मौसम दियौ हरियो बनी मनमा उमङ्ग
हरित धर्ती रमाउन् सबै देखेर तरङ्ग ।
✍️ इन्दु श्रेष्ठ
चितवन

१३) टुक्का कविताहरू 
१.
हरियो रङ्ग लबालब साउन मास
शिव पार्वतीको महिमा गाउने खास ।
२.
शिवलाई बेलपाती चढाउने चोखोनितो बनेर
कामना गर्छन् समस्त नारी हित होस् सबैको भनेर ।
✍️ नरपति पाण्डे
दमक ९ ५ झापा ।

१४) टुक्का कविताहरू
१.
सावन महिना झरी बोकी आयो
पाखा पखेरोमा हरियाली छायो ।
२.
सावन महिना धान रोपौँ
वर्षाको याममा मौका छोपौँ ।
✍️ सरोजा बान्तवा पीयूष

१५)  टुक्का कविता 

सार्दूलविकृडित 
आयो श्रावण मास फ़ेरि हरियो देखिन्छ डाँडा भरी
त्यै सानो खहरे निकाल्छ किन हो आवाज खोला सरी ।
✍️ दीपा गुरुङ समभाव
दुबेकोल खोटाङ

१६) टुक्का कविताहरू
१.
साउनको मैनामा जताततै हरियाली छायो
उर्वर भूमि प्रकृति हेर्दै कोइली गीत गायो ।
२.
साउनमा खीर शाकाहारी भोजन खाने
शिवजीको दर्शन गर्न तीर्थ धाम जाने ।
✍️ अमृता रामदाम

१७) टुक्का कविता 

असार महिनामा पानी कम बढ्यो साउने झरी
गरिब सारा त्रसित छन् ,नगरी देऊ मनपरी ।
✍️ प्रेम थापा मन
बागलुङ

१८) टुक्का कविताहरू 
१.
नदी किनारतिर लागिन्छ शरीर शुद्ध पारेर
शिवको महिमा गुनगुनाउदै पाइला सारेर ।
२.
साउनमा पानीमा नुहाउनु खेल्नु हर्षले राम्रो
पुरानो परम्परा जिवित राख्ने जिम्मेवार हाम्रो ।
✍️ अच्युत घिमिरे
सर्पाङ,भुटान

१९) टुक्का कविताहरू 
१.
असार गयो साउन लाग्यो नि वर्षा परेन
ब्याडका धानका बिरुवाहरु गह्रा सरेन ।
२.
किसानका धानका गह्रा चिरा९चिरा परे
मंसिरमा धान भित्र्याउने सपना मरे ।
✍️ देव मगर
तिनाउ९१,कचल,पाल्पा

२०) टुक्का कविताहरू 
१.
साउन महिना मेहदीले रङ्गीन्छ कसैका हात
केही भन्यो ठुस्स पर्ने नगर्नु है कसैलाई घात ।
२.
साउन महिनामा कोहीका हातमा मेहदी रङ्गीन चुरा
कसैलाई त फुर्सद छैन धान रोप्ने खेताला हुने पुरा ।
✍️ चुडामणी देबकोटा
सिन्धुली मरिणखोला जखनी
हाल थानेटार पुरानोनैकाप काठमाडौँ

२१) टुक्का कविताहरू
१.
बर्से झरीसॅंगै सबै नि लाग्यो भन्छन् महिना साउन
गरिबको घरमा एकछाक खानसम्म छैन नुन।
२.
रातदिन काम गर्दा नि पुग्दैन खान पनि
यत्रा जहान बच्चालाई कसरी पाल्नु अनि रु।
✍️ अर्जुन प्रसाद चौलागाई
हाल स् अमेरिका, बोस्टन ।

२२) टुक्का कविताहरू 
१.
शिवजीको व्रत बसिन्छ श्रावण महिनामा खास
सम्पूर्ण जनमनहरूको घरमा हुन्छ आभास ।
२.
जताततै जलमग्न हुन्छ अत्यन्तै पानी पर्ने
त्यहीँ भएर किसानहरू खेतमा काम गर्ने ।
✍️ नाम केसर बोहरा ९आदर्श०
सुदूरपश्चिम अछाम
हाल भारतबाट ।

२३) टुक्का कविताहरू 
१.
पूर्वमा पानी नपरेर बिजोग बनायो
अनिकाल लाग्ने सङ्केत नै पक्का जनायो ।
२.
हातमा हरियो चुरा मेहन्दी लगाएर
सोमबार मन्दिर जानुपर्छ रमाएर ।
✍️ कला ढकाल
झापा

२४) टुक्का कविताहरू 
१.
पानी नपरेर किसानको बेजोग बनायो
काम केही छैन खै बसेर टाउको समायो ।
२.
अन्न नभए पछि अब के हो गर्ने
घरभित्रको भकारी कसरी भर्ने ।
✍️ नवराज भट्ट
कञ्चनपुर

२५) टुक्का कविताहरू 
१.
असार गए पछि साउन आउँछ
हरियो चुरा पोते नारीले लाउँछ ।
२.
साउनमा शिवको सधैँ जय जयकार
मठ मन्दिर जहाँ पूजा पाठमा सुधार।
✍️ एवाइ प्रभात
धनकुटा

२६) टुक्का कविताहरू
१.
साउने सोमबार शिवको व्रत बसेर
खाली पेटमा पूजाआजा कम्मर कसेर ।
२.
कतै भेल बाढी त कतै खडेरी
होसियार रहौँ नगरी अटेरी ।
✍️ साबित्री प्याकुरेल
धादिङ

२७) टुक्का कविताहरू 
१.
असार गयो साउन लागे नि पानी परेन
ब्याडको नै बीउ ब्याडमै रह्यो सर्दै सरेन ।
२.
आकाशे पानीको भर पर्दा मरे किसान
जलश्रोतको धनी देश भनि गयो दिन ।
✍️ दीप गोले तामाङ
रौतहट

२८) टुक्का कविताहरू 

साउनको पानीमा श्रमिकहरूले घरमा दिन बातायो
दिदी बहिनीको हातमा बांय र मेहेन्दीले कति सुहायो ।
✍️ केवल राई
गैरीबास, कलेम्पोङ्ग

२९) टुक्का कविताहरू 
१.
साउनमा अझै पानी पर्दैन किन भन्दिनु
सारा सुख्खा खडेरी यो कहिलेसम्म बन्दिनु ।
२.
बीउ पनि सुकेका छन् पानी लाग्ने कुलो छैन
नेपालका किसानीको सरकार हुॅदै हैन ।
✍️ घनश्याम पौडेल
पोखरा

३०) टुक्का कविताहरू
१.
प्रकृतिले सिँगारिएर चिटिक्क परेकी छिन् धर्ती
उजाड कतै देखिँदैन आवादी होस् अथवा पर्ती
२.
आकास रुँदा टिनको छानो खुसीले रमाउँछ
सङ्गीत छर्दै मनमोहक मुर्चूङ्गा बजाउँछ
✍️ बाबुराम गौतम
गुल्मी

३१) टुक्का कविताहरू 

यो हरियाली आयो चारैतिर आयो
सावनको झरी धर्तीले यहाँ पायो ।
✍️ निमा छिरिङ भोटिया
जलढका, कालेबुङ

३२)  टुक्का कविताहरू 
१.
यो वर्षको साउन महिनामा पाँच पटक सोमबार परेछ
यस्तो साइत जुरेको बेला शिवपुराणको आयोजना गरेछ ।
२.
साउने झरी जताततै झरना, बनपाखा हरियाली हेर्दै रमाइलो
आजभोलि साउन महिना सुख्खा न झरी न हरियाली मात्र घमाइलो ।
✍️ राजेश्वरी राजोपाध्याय
ललितपुर

३३) टुक्का कविताहरू 
१.
लगातारको साउने झरी
गार्‍हो हुन्छ उड्नलाई चरी ।
२.
सूर्यको हुन्छ दक्षिणतिरको यात्रा
साउनमा बढी हुन्छ वर्षाको मात्रा ।
✍️ राजेन्द्र भुसाल  डिल्ली
अर्घाखाँची

३४) टुक्का कविताहरू 
१.
धर्तिले ओढेको हेर हरियो बर्को
पानी आयो सावने झरि लाग्यो झर्को ।
२.
सचेत बनौ है घाँस दाउरा गर्दा
बाढि पैरो आउँछ ठुलो पानी पर्दा ।
✍️ सुशिला शिखा
काठमाडौँ, कागेश्वरी

३५) टुक्का कविता 

असार गयो साउन लाग्यो परेन पानी
मेहेन्दीले हात रङ्गाइ बसेकी छिन् सानी ।
✍️ कोपिला अधिकारी
गोरखा

३६) टुक्का कविताहरू 
१.
ग्रहले कर्कट राशिमा प्रवेश गरेको बेला
किन होला प्रकृतिले चाहीँ गरिरहेछन् खेला ।
२.
लगाउन्न हरिया चुरा म गाउँले चेली
बुझ्न पनि सक्दिन आधुनिक नालीबेली ।
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ

३७) टुक्का कविता 

चुहुने छानो सावने झरी
यो महिना टारौं कसो गरी ।
✍️ रमेश दियाली
शेल्पू सिटोंग, दार्जिलिङ ।

३८) टुक्का कविताहरू
१.
गरगहना बहुरङ्गी पोषाकमा सजिएका नारी
मेहदी, हरिया चुरा, पोते र हरिया, पहेला सारी ।
२.
शिवाजीको भक्ति गरि व्रत बसेर बढाउन श्रीमानको आयु
श्रावणको मास खेती लगाउने वर्षा ऋतुको अनौठो छ वायु ।
✍️ कोपिला समीक्षा
खार्पा खोटाङ

३९) टुक्का कविताहरू 
१.
हरियाली जतासुकै आयो साउन
संस्कृति जोगाउँदै पर्व मनाउन ।
२.
साउन महिनामा फालेर लुतोलाई डाडो कटाउथ्यौं
नदी नहरमा नुहाएर सेलरोटी खिर पकाउथ्यौं ।
✍️ सुनगाभा पोखरेल
कपिलवस्तु

४०) टुक्का कविताहरू 
१.
बाढिपैरो यौवन हो आउने जाने गर्छ
खोला मिची घरखेत ग९यो त्यो ज्यान मर्छ।
२.
साउनको झरी राम्रो अन्नबाली उब्जाउन
कृषियोग्य जमिनमा खेतिपाती बढाउन ।
✍️ घनश्याम पन्त

४१)  टुक्का कविता 

आज जिन्दगी हिलोमा चलेको छ चर्खा सरि
दिनहरू बित्दा आगन हुँदो हो डाडा परी ।
✍️ दुर्गा आचार्य
मोरङ

४२) टुक्का कविता 

साउन सबैकालागि हुने पवित्र मास
गरौ मनकै मन्दिरमा प्रभुको आभास ।
✍️ कार्की डिबी माकुम
सुनवल९४ न. प.

४३) टुक्का कविताहरू 
१.
साउन मास पोषिलो खाँदै आराम गर्ने
सुख शान्ति दीर्घायुको भाव मनमा भर्ने ।
२.
सर्वत्र हरियाली देखिने पबित्र साउन मास
जयजयकार होस् भनि प्रकृतिले गर्दछ आस ।
✍️ उर्मिला ओली
दमक ५, झापा ।

४४) टुक्का कविताहरू 
१.
साउनमा हरियाली पानी हुन्छ प्रसस्त
आनन्दसँग धर्ती माता निदाउॅछिन् मस्त ।
२.
ॲध्यारो पार्छ जुनेली रात बादलले आकाश घेरी
गीत गाउॅछन् झ्याउॅकिरी, जुनकिरीको उज्यालो हेरी ।
✍️ पुष्पा सुवेदी
नेपालगन्ज, बॅाके ।

४५) टुक्का कविता 

रुझी भिजी परिश्रम गर्नलाई महिना आएको
पसिनाको मुहान फुटाई धान उमारी खाएको ।
✍️ बिकी सुब्बा
गैरीबासरकालेबुङ्ग

४६) टुक्का कविताहरू 
१.
साउन महिनाको झरी
हरियो चुरा हात भरी ।
२.
साउनको झरीमा बड्यो खोला
अब त कहिले पो सुक्ने होला ।
✍️ रमा गुरुङ्ग
सालुगडा, सिलीगुडी

४७) टुक्का कविताहरू
१.
चाडपर्व शुरुआत वर्षाऋतुको साउन मास
प्रकृति भए मनमोहक हरियाली आसपास ।
२.
संक्रान्ति गठेमङ्गल नाग पञ्चमी रक्षाबन्धन
चौतर्फी परिचर्चा अनेक चाँडबाँडको गन्थन ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे

४८)  टुक्का कविता 

साउन लाग्यो कृषकहरू परेका छन् हतारमा
सहयोग गर्ने छोराछोरी पुगेका छन् कतारमा ।
✍️ रवि पौडेल
दक्षिण भारत पाण्डेचरी

४९) टुक्का कविताहरू 
१.
भीषण बाढी र पहिरोबाट बचौँ र बचाउँ
चेतनामूलक लेख, साहित्य रचौँ र रचाउँ ।
२.
भीषण वर्षाको कारण हुने समय लौ१ देखिँदैछ मार्मिक
आफू बचौँ र अरूलाई बचाउन केही कर्म गरौँ धार्मिक ।
✍️ परिक्रमा श्रेष्ठ
धरान९ १५, सुनसरी।

५०) टुक्का कविताहरू 
१.
प्रकृति भइन् हराभरा हेर वर्षा ऋतुको साथ पाएर
हिन्दु नारी खुसीले नाचगान गरेँ शिव भजन गाएर ।
२.
साउन महिनामा विशेष शिवको हुन्छ आराधना
जल र वेलपाती शुद्ध भावले गर्नु शिव साधना ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे ।

५१) टुक्का कविताहरू 
१.
वर्षा महिना भनेको त पानी नै परेन
सुक्ने नै भए बिरुवा लगाएको सरेन ।
२.
पानी परे जताततै बाढी पहिरो जाने
गरिबलाई नै मर्का पर्ने गरि के खाने ।
✍️ सबिता खड्का
कैलाली

५२) टुक्का कविताहरू
१.
पवन महिना साउनको झल्काउँदै धर्मिक गरिमा
शिवजीलाई जल चढाउनु गाउँदै उनको महिमा ।
२.
साउने झरीले तापित धरती रुझाए
तिम्रो यादमा आँसु खसाली मन बुझाए ।
✍️ देव स्याङ्देन
कालेबुङ ।

५३) टुक्का कविता 

हरियाली छायो आयो महिना साउन
सम्पूर्ण जीव जगतले शान्ति पाउन।
✍️ मोती योन्जन सुब्बा
दार्जिलिङ ।

५४ ) टुक्का कविताहरू 
१.
अँधेरिएर चारैतिर यो झरी वर्षेको
चट्याङ अनि बिजुलीले यो मनै तर्सेको ।
२.
मनोरम कति चारैतिर हरियाली छायो
रमाउँदै कोइलीले पनि मिठो गीत गायो ।
✍️ कल्पना मरासिनी
भूमिकास्थान ९ अर्घाखाँची हाल ललितपुर

५५) टुक्का कविता 

साउनमा गरौँ सबैजना शिवजीको भक्ति
आत्मविश्वास बढ्छ अनि मिल्छ विशेष शक्ति ।
✍️ विष्णु पंगेनी ९पाण्डे ०
वालिङ् , स्याङ्जा

५६) टुक्का कविता 

पानी नपरेर लाग्यो यो वर्ष साउन
सकनन् किसानले कृषि गर्न पाउन ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत

५७) टुक्का कविताहरू 
१,
सावनको हरियाली प्रकृतिक शौभन
हरियाली पहिरन नारीको सौम्यपन।
२,
गृहस्थको पीडा पोखी नाच्छन् छमछमी
बेजोडछ सँस्कृति हाम्रो केमाछौ कमी रु
✍️ हरिगोपाल न्हुच्छेप्रधान
काभ्रे, साँगाबजार, बनेपा १४ ।

५८) टुक्का कविता 

हरियाली साउनमा शिवको महिना गर्ने
सुसंस्कृति जोगाउँदै मन भित्र भक्ति भर्ने ।
✍️ रश्मि रिमाल
झापा

५९)  टुक्का कविता 

साडी गहना हरियो चुरा र मेहन्दी सजाएर
प्रसन्नछन् नारीहरू शिवको आराधना गाएर ।
✍️ बिबा तामाङ
दार्जिलिङ।

६०) टुक्का कविताहरू 
१.
अरू भन्दा भिन्नै र अलि रसिलो नै लाग्छ यो महिना साउन
पहिले दूस्ख कष्ट थियो भन्ने जतिले अहिले सुख पाउन १
२.
अहिले मात्र देखिन्छ है जताततै हरियो परियो
यसैले नै हो प्रभुको सृष्टी हेर्नलाई आँखा छरियो १
✍️ पवनकुमार बुढाथोकी
काठमाडौँ

६१)  टुक्का कविताहरू 
१.
पूर्वमा पानी नपरेर बिजोग बनायो
अनिकाल लाग्ने अब त संकेत जनायो ।
२.
हेर्दाहेर्दै पहिरोले घर बगायो
साउनको भेलले बिचल्ली बनायो ।
✍️ कला ढकाल
झापा