नेपाली गीत संगीत क्षेत्रमा गीतहरु धेरै प्रकारका हुन्छन् कुनै माया प्रेम, कुनै धर्म संस्कृति र कुनै मौलिक कला संस्कृति र सिजनमा मात्र गाईने गित अनि कुनै सदाबहार गीत हुने गर्दछ जब असार लाग्छ अनि हामि नेपालीहरुको अन्न बालि लगाउने समय सुरु हुने गर्दछ यसमा बिशेष गरि खेतमा धान र बारिमा कोदो लगाउने समय हो । यस्तो समयमा कृषकहरु खेतमा गएर धान रोप्दै एक अर्कामा दुख साट्दै गीत गाउँदै हिलो खेल्ने परम्परा रहेको छ । यसै परम्परा लाई मध्यनजर गर्दै राजेश ढकाल र सरु गौतमको मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” सार्वजनिक भएको छोटो समयमै चर्चामा रहेको छ ।
शब्द माया प्रेम प्रतिको छ भने भाब असारे गीतको रहेको उक्त मौलिक गीतको शब्द तथा संगीत राजेश ढकालको रहेको छ । राजेश ढकाल र सरु गौतमको सुमधुर आवाज रहेको छ । मिलन श्रेष्ठको म्युजिक भिडियो निर्देशनमा राजेश ढकाल, सरु गौतम शिव नारायण जोसि, पशुपति दाहाल, सबिता ढुङ्गाना, रिया पन्त, केशव भण्डारी लगायत अन्य साथिहरुको अभिनय देख्न सकिन्छ । सन्तोष तिमल्सिनाको छायांकन र रोशन धितालको सम्पादनमा रहेको सो म्युजिक भिडियो राजेश ढकालको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।








