पाँचखाल, ज्यामिरकोटमा रहेको ज्ञानोदय आधारभूत विद्यालयमा फागु पूर्णिमा ९होली ० कार्यक्रम सम्पन्न भएको छ । स्कुलले होलीको पूर्व सन्ध्यामा स्कुलका विद्यार्थीहरु बिच होली मिलन कार्यक्रम आयोजना गरि शुभकामना आदानप्रदान गरेको छ ।
कार्यक्रममा विद्यालयका प्र.अ. मेघनाथ अधिकारीले स्कुलका विद्यार्थीहरुलाई टिका लगाई होलीको बारे बताउँदै शुभकामना दिएका थिए। विद्यालयका शिक्षक सागर दनुवारले होली परम्परा, यसको सांस्कृतिक एवं मौलिकता सम्बन्धि जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउँदै यसरी भाईबहिनी विच होली मिलन कार्यक्रम मनाउन पाएकोमा खुशी व्यक्त गर्दै नेपाली परम्परा एवं मौलिकता बारे विद्यार्थीहरुलाई जानकारी गराए ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य सोकनाथ गौतमले हाम्रो स्कुलको प्राथमिकता हाम्रा रितिरिवाज एवं परम्परा बचाउनेमा हुने कुरा बताउँदै आगामी दिनमा पनि यस्ता हरेक चाडवाड मनाउँदै विद्यार्थीहरुलाई जानकारी गराउने बताए। त्यसै गरि विद्यालयका शिक्षक सरोज अधिकारीका अनुसार सरकारी विद्यालयमा बजेट नहुने हुँदा यस्ता कार्यक्रम गर्न सार्है कठिन हुने र अभिभावकको सहयोगले मात्र गर्न सकिने बताए । अर्का शिक्षक पत्न बहादुर तामाङले यस्ता कार्यक्रम हामी प्रत्येक वर्ष गर्दछौं र यसले बालबालिकामा थप आकर्षण आउने गरेको बताए।
होली पर्व ९फागु पूर्णिमा ० खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको पाइन्छ । आजभोलि स्कुल, कलेज, कार्यालय एवं विभिन्न स्थानमा विभिन्न रङ खेल्दै होली पर्व प्राथमिकताका साथ मनाइने गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले बताए ।