काठमाडौं, नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको केन्द्रिय बिस्तारित बैठक शनिबार काठमाडौंमा केन्द्रिय अध्यक्ष पुर्णप्रसाद पाण्डेको अध्यक्षता र प्रमुख सल्लाहकार डा.चुडादेब सिंह लामाको विशेष आतिथ्यतामा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
बैठकमा संघको वार्षिक प्रगती विबरण माथी छलफल, आगामी बर्षको कार्ययोजना र लक्ष्य, केन्द्र, प्रदेश र जिल्लाको गतिबिधि, लेबि नियमित गर्ने, कार्यालय ब्यबस्थापन, कर्मचारी नियुक्ती, उपत्यका जिल्लाहरूको नियमित बैठक संचालन र संघको बार्षिक क्यालेण्डर ( पात्रो) प्रकाशन गर्ने सम्बन्धमा विशेष छलफल भएको थियो । साथै बैठकले संघको केन्द्रीय समितिको उपाध्यक्षमा यशोदा थापा, केन्द्रीय सदस्यहरूमा केदार ढकाल, बिनय गौतम, आईसा शाहि र कानुनी सल्लाहकारमा अधिवक्ता सन्तना दाहाललाई मनोनयन गर्ने निर्णय गरेको प्रेस सल्लाहकार नवराज बजगाईले जानकारी दिए ।
साथै बैठकले कार्यालय व्यव्स्थापन, कर्मचारी चयन र क्यालेण्डर निर्माण लगायतको कार्य अघि बढाउन उप–महासचिव हिरा लामा, सचिव सुजन देवकोटा, सह–कोषाध्यक्ष कल्पना विश्वकर्मा र केन्द्रिय सदस्य ज्ञानेन्द्र बिक्रम सिजापतिलाई जिम्मेवारी दिएको छ ।