जुनियर सिंगिङ स्टारको काभ्रे अडिसन आउदो मंसिर २२ गते काठमाडौ विश्वविद्यालयमा हुने भएको छ ।
गायन विधाका बालप्रतिभाको खोजी गर्ने उदेश्ले आर्या मिडिया हाउसले आयोजना गरेको जुनियर सिंगिङ स्टारको काभ्रे अडिसन मंसिर २२ गते हुन लागेको आर्या मिडिया हाउसका कपिल कार्कीले जानकारी दिए ।
नयाँ आवाजको खोजी गर्ने उदेश्ले आयोजित उक्त रियालिटि शो मा गायन विधामा रुची हुने १६ वर्ष मुनिका बालबालिकाले भाग लिन पाउने छन । भाग लिन चाहानेले आफु अध्यनरत विद्यालय वा आर्या मिडिया हाउसमा सम्पर्क गर्न सक्ने छन । सबै जिल्ला अडिसनबाट छनौट भएका मध्येबाट जुनियर सिंगिङ स्टार छानिने छन । जसको प्रथम पुरस्कार ५ लाख, द्धितिय २ लाख पचास हजार र तृतिय एक लाख रहेको छ ।
जुनियर सिंगिङ स्टारको निर्णायकमा चर्चित गायक/गायिकाहरु डिज राज पौडेल, सरु गौतम, कर्णराज गिरी र डेभिड शंकर रहेका छन ।