बनेपा, शुक्रबार उद्धघाटन भएको बनेपा महोत्सव–२०८१ जारी रहेको छ । बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा उग्रेश्वर मन्दिर प्राङ्गणमा बनेपा महोत्सव–२०८१ को शुक्रबार उद्धघाटन भएको थियो ।
‘हाम्रो अभियान, खेलको शान, संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने मुल नाराका साथ संचालन भएको महोत्सवको उद्धघाटन बागमती प्रदेशका आर्थिक, मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले स्थानीय उत्पादन संरक्षण तथा प्रवर्द्धन गर्न प्रदेश सरकार अग्रसर रहेको बताए । व्यवसायको सुरक्षा राज्यको दायित्व भएको भन्दै व्यवसायीले पनि कर तिरेर सहयोग गर्नुपर्ने उनको भनाई थियो । स्थानीय उत्पादन संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको भन्दै उनले यस्ता मेला, महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम, नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, बनेपा नगरपालिका वडा नं ७ का कार्यवहाक अध्यक्ष रामप्यारी श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।