अच्युत बजगाई, सिनियर रिपोर्टर्स्
काठमाडौ –सरकारले सवारी लाइसेन्सको आवेदन आजदेखि खोल्ने भएको छ । एक महिनादेखि बन्द रहेको सवारी लाइसेन्स आजदेखी खोल्न लागेको हो ।
यातायात विभागले हाल आफ्नै मेसिनबाट दैनिक २ हजार ५ सयको दरमा स्मार्ट लाइसेन्स छाप्दै आएको छ । माग भने दैनिक ५ हजारको हाराहारीमा छ ।
विभागले छापेका लाइसेन्सले माग पूरा गर्न नसकेपछि सो माग पूर्ति गर्न नसक्दा निजी कम्पनी मालिका इन कर्पोरेटलाई लाइसेन्स कार्ड छाप्न दिइएको विभागले जनाएको छ ।
विभागले पाँचवटा मेसिनले छापेको स्मार्ट लाइसेन्स आफू मातहतका १६ वटा कार्यालयबाट वितरण गरिरहेको छ ।








