स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मानिसको मौलिक अधिकार हो । नेपालको संविधान२०७२ जारी भएपछि अब नेपालमा ३ तहका सरकारलाई नै स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकार र दायित्व प्रदत्त गरिएको छ। समाजको समृद्धिको सूचकका रूपमा समेत स्वच्छ तथा स्वस्थ वातावरणलाई लिइन्छ। नेपालकोसंविधानमा जनताको प्रत्यक्ष सरोकारको आधारभूत स्वास्थ्य सेवा स्थानिय तहलाई अधिकारको रुपमा सुम्पीएको पाईन्छ के स्थानिय तहले स्वास्थ्यलाई आफ्नो बिकासको एजेण्डा को रुपमा स्वीकार गरेको छ त रु यो कुरा भने अझै बहस र चर्चाको पाटोनै छ।
विश्वका कयौं सहरहरु छन् जसले नागरिकको स्वास्थ्यलाई विकासको एजेण्डाको रुपमा स्वीकार गर्दै आफुलाई अब्बल सावित गरेका छन्। हामी पनि आफ्ना नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न तथा स्थानिय सरकारको भूमिका पुरा गर्न सहयोगी संस्थाको सहयोग र तिनै तहका सरकार मिलेर स्वस्थ शहर बनाउने अभियान अघि सार्न सक्छौ। त्यसको सुरुवात धुलिखेल नगरपालिकाले अगाडि बढाएको देखिन्छ। स्वस्थ शहर अभियान मार्फत नागरिकको स्वस्थ जीवन जीउने अधिकार सुनिश्चित धुलिखेल नगरले यो अभियान सुरु गरेको हो।
२०८१ साल भाद्र ११ गते विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिकालाई विगत २ वर्ष देखि निरन्तर अनुगमन तथा विषेश मुल्याँकन समिति द्वारा विभिन्न सूचकमा आधारित भई तथ्यमा आधारित रहेर अनुगमन गरिरहेको थियो। दक्षिण एसिया २३ वटा देशहरु समावेश भएको स्वस्थ शहर नेटवर्कमा धुलिखेलले एसियाको दोश्रो लेभलको स्तर निर्धारणमा ६२।४८ अंक सहितआफुलाई स्वस्थ शहरमा राख्न सफल भएको हो । नेपालको पहिलोस्वास्थ शहर धुलिखेल घोषणा संगै५ हजार अमेरिकी डलर पुरस्कार समेत प्राप्त गरेको छ ।
विश्व स्वास्थ संगठनको मापडण्द पुरागरेर स्वास्थ क्षेत्रको नितिगत सुधार, स्वास्थ क्षेत्रको दिगो बिकासको लक्ष, बातावरनिय सुधार गरिब जनतामा स्वास्थमा पहुच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थामा सुधार ल्याउनुकासाथै स्थानिय सरकारको प्राथमिक स्वास्थ उपचारमा गरेको प्रगती लाइ समेत आधार मानिएको छ ।२०८१ साल भाद्र ११ गते २ बजे विश्व स्वास्थ्य संगठनले भर्च्युयल कार्यक्रम राखि विश्व स्वास्थ्य संगठनको स्वस्थ शहर नेटवर्कका कार्यक्रम निर्देशक डा। शुभाजी गुडले मुल्याँकन नतिजा सार्वजनिक गर्दै धुलिखेल नेपालको पहिलो स्वस्थ शहर भएको जानकारी गराउनु भएको हो । यसको लागि नोभेम्वरको अन्तमा विशेष समारोह आयोजना गरी प्रमाण पत्र प्रदान गर्ने कार्यक्रम रहेकोविश्व स्वास्थ्य संगठनको स्वस्थ शहर नेटवर्कका कार्यक्रम निर्देशक डा। शुभाजी गुडले जानकारी दिदै स्वस्थ सहरमा आवद्ध भएका १० वटा सहरहरुलाई मान्यता प्रदान गरिएको जानकारी दिनु भएको हो ।
विश्व स्वास्थ्य संगठनको स्वस्थ शहर नेटवर्कको मुल्याँकनमा थाईल्याण्डको ३वटा शहरले ७१देखि ८०अंक सम्म हाँसिल गरी पहिलो स्तरमा रहेका छन् भने नेपालको धुलिखेल नगर भारतको पुने शहर तथा थाईल्याइडकै क्लोङ च उन् सुरत थानी सहरले ५६ देखि ७० स्कोर प्राप्त गरी दोश्रो स्तरमा रहेका छन् । त्यसैगरी श्रीलंकाको बडुला शहर, ईन्डो नेसियाको माकासर र वाजो एजेन्सी तथा माल्दिप्सको अद्दु सहर तेश्रो स्तरमा रहेका छन् । नेटवर्कमा आवद्ध हुने माल्दिप्सको अद्दु सहर ५२।८९ अक हाँसिल गरेको छ ।
सिमित श्रोत साधनका बाबजुद उच्चतम राजनैतिक प्रतिवद्धता तथा स्वास्थ्यकर्मीको अथक मेहनत र समुदायको सहभागिता एवं धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा हाल धुलिखेल नगरले क्षयरोग मुक्त अभियान, रक्त अल्पता मुक्त शहर, समुदाय सहभागिताकोलागि स्वयं सेवक समुह गठन र परिचालन जस्ता समन्वयात्मक कार्यहरु तथा सेवामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।मानसिक स्वास्थ्यमा सि एमसी नेपालको सहकार्यमा उल्लेख्य कार्य गरी आत्महत्या न्यूनिकरण गर्न सफल भएको छ । स्वास्थ्यमा पारदर्शिता तथा जवाफ देहिताको लागि सामाजिक परिक्षण तथा ड्यसवोर्ड कार्यक्रम रहेको छ भने स्वस्थ शहर धुलिखेल रेडियो कार्यक्रम मार्फत जनचेतनाको कार्यक्रम सञ्चालन गरेको छ । संघीय तथा प्रदेश सरकारका निकाय तथा जनस्वास्थ्य कार्यालयको समन्वयमा धुलिखेलले यो अवसर प्राप्त गरेको हो ।
अब धुलिखेल नगरले आगामि दिनमा विश्व स्वास्थ संगठन मार्फत सर्ने , नसर्ने रोग, जेष्ठ नागरिक स्वास्थ, दलित र गरीब जन समुदायको स्वास्थमा दिगो बिकासको स्वास्थ अनि शहरि स्वास्थ र स्वास्थ्य सुशासनमा काम गर्ने नगरपालिकाले जनएको छ । स्वच्छ वातावरणतथा स्वच्छ खानेपानी बातावरणिय प्रभाब न्युनिकरण लगाएत खोप, सामुदायिक स्वास्थमा नगरिकको सहभागिताको क्षेत्रमा नगरले स्वास्थ सर्भेक्षण गरी डिजिटल स्वास्थ अभिलेख तयार गरी कार्य सूरु गरेको थियो ।
यसको लागि बाल स्वास्थ होस वा प्रजनन् स्वास्थ्य, मातृ स्वास्थ्य होस वा पोषण तथा मानसिक स्वास्थ्य सबै महत्वपुर्ण क्षेत्रलाई संगै लैजानु पर्दछ।नागरिकको स्वास्थ्य स्थानिय सरकारको दायित्वको रुपमा बुझेर अन्तराष्ट्रिय नीति तथा कार्यक्रमका अध्ययन गर्दै धुलिखेल नगरले यो कार्यक्रम सुरुवात गरेको हो । पछिल्लो समय अन्य स्थानिय तहहरु तथा अन्तराष्ट्रिय स्तरबाट चासो बढेको सैगै स्वास्थ्यका बिभिन्न आयामलाई समेटेर आफ्नो स्थानिय तहको आवश्यक्ता पुरा गर्न तथा नमुना शहरको रुपमा आफुलाई विकास गर्न स्वस्थ शहर अभियान सञ्चालन गरी धुलिखेलले यो सफलता हाँसिल गरेको हो। स्वास्थ्यका बिभिन्न आयामलाई समेटेर आफ्नो स्थानिय तहको आवश्यक्ता पुरा गर्न तथा नमुना शहरको रुपमा आफुलाई विकास गर्न स्थानिय तहहरुले स्वस्थ शहर अभियान सञ्चालन गर्नु आवश्यक देखिन्छ ।