अत्यन्तै मार्मिक र पारिवारिक कथामा बनेको वेब सिरिज रुजेको परेलीको प्रशारण शुरु भएको छ । शेरधन मुभिको प्रस्तुतीमा शेरधन मुभि युट्यब च्यानलबाट शनिबार रिलिज भएको छोटो चलचित्र रुजेको परेली प्रत्येक शनिबार ७.३० बजे आउने छ ।
रुजेको परेलीको लेखन र निर्देशन सरोज शर्मा र सुनिता भट्टराईले गरेका हुन । बर्तमान समाजको यथार्थ र पारिवारिक कथामा आधारित रुजेको परेलीले सकारात्मक सन्देश दिने लेखक÷निर्देशन सरोज÷सुनिताले बताए । श्रीराम केसी निर्माता रहेका छन भने छायांकन बिक्रम शाक्यले र मेकअप अञ्जना माझीले गरेकी हुन । सुनिता भट्टराई, कर्साङ लामा र श्रीराम केसीको स्वर तथा यादव भट्टराईको व्यवस्थापनमा बिक्रम शाक्यले सम्पादन गरेको रुजेको परेलीमा सरोज शर्मा, सुनिता भट्टराई, रसिका बास्तोला, गुरु नवराज, माधव सिग्देल, यादव भट्टराई, सिद्धी बहादुर श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, सुहानी केसी, जिया सापकोटा, अम्बिका थापा, समिर बस्नेत, नवराज बजगाई, अबिना खड्का, बिपी सिग्देल, आरडि भट्ट र बालकलाकारहरु शुभम केसी, सन्देश केसी र आयुष खड्काको अभिनय रहेको छ ।
हेर्नुस भिडियो>








