बनेपा–४ नाला आगलका आगलागि पिडितलाई नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ बनेपा नगर कमिटिले सहयोग गरेको छ ।
स्थानीय गोविन्द सापकोटाको गोठमा आज बिहानै भएको आगलागीबाट एउटा गाईसहित भुसा काट्ने मेसिन, मोटर, पराल तथा गोठ जल्दा अन्दाजी ५ लाख रुपैयाँको क्षति पुगेको थियो । बिहान ४बजे सुरु भएको आगो ५ बजे नियन्त्रणमा आएको थियो। उक्त दुस्खद खवर थाहा पाए लगत्तै नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ बनेपा नगर कमिटिका उपलब्ध साथीहरुको सल्लाहमा केहि राहत रकम संकलन गरि घरमा पुगेर सानत्वना दिइएको थियो । यस्ता जनताका जनजिवकाका सवलमा परेका समस्याहरुमा आपत् विपत्मा हरदम युवा संघको साथ रहने बनेपा नगर कमिटि सचिव जिवन भुजेलले बताए।