महिलाहरूको विशेष चाड हरितालिका तीजको अवसरमा तीज विशेष एल्बमहरू बजारमा आउने क्रम अझै जारी रहेको छ । यसै क्रममा तीज विशेष गीत नाम जोडियो । भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भए लगत्तै निकै चर्चामा रहेको गीतमा सरु गौतमको एकल सुमधुर आवाज रहेको गीतलाई कुमार कटवालले लेखेका हुन ्।
उक्त शब्दमा मनछुने संगीत भने दीपक शर्माले गरेका छन । पुरुषोत्तम सुवेदीको म्युजिक एरेन्जमा अडियो समापन गरिएको छ भने जेरी भण्डारीद्वारा म्युजिक भिडियोको निर्देशन तथा कोर्योग्राफी र कथा निर्माण भएको छ । राजेश घिमिरेको छायाङ्कन तथा विकास ज्ञवालीको म्युजिक भिडियो सम्पादनमा सजिएको उक्त म्युजिक भिडियोमा गुणनाश ढकाल, सोनी महत, आयुसी ढकाल, रोएन अधिकारीको संयुक्त धमाकेदार अभिनयको फिचरिङमा म्युजिक भिडियो निर्माण भएको छ । उक्त म्युजिक भिडियोलाई सरु गौतम अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । –नव क्षितिज साप्ताहिकबाट
हेर्नुस भिडियो








