बनेपा, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले शनिबार कक्षा १२ को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरेको छ ।
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक एवं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । अपौचारिक पहिलो चरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाद्धारा विद्यार्थीहरुलाई टिका र खादा प्रदान गरेका थिए ।
प्रतिष्ठानका प्रबन्ध निर्देशक बैद्यले कक्षा १२ को परीक्षा उत्तिर्ण भाइबहिनीहरुलाई बिदाईका साथै उज्वल भविष्यको शुभकामना दिए । अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक ढंङ्गबाट अभिभावकहरुका बिच लोकप्रिय रहेको प्रतिष्ठान आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन, विद्यालयका सहायक कलेज प्रमुखले सम्पूर्ण विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हाशिल गर्न सामाजिक, सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्न र आगामी दिनहरुमा पनि ज्ञानकुञ्जबाट आफुले सिकेका अनुभवहरुलाई जीवन उपयोग बनाउँदै समाजमा नेतृत्वदायी व्यक्तित्व बन्ने आशाका साथ शुभकामना व्यक्त गरेका थिए ।