काभ्रेपलाञ्चोक जिल्लाबाट बिगत २८ वर्ष देखि निरन्तर प्रकाशित हुदैं आएको काभ्रे टाइम्स साप्ताहिकलाई एक समारोहकाबीच रोटरी क्लब अफ पनौतीले सम्मान गरेको छ । सञ्चार कर्ममा महत्वपूर्ण योगदान पु¥याएकोमा काभ्रे टाइम्स साप्ताहिकलाई रोटरी क्लब अफ पनौतीले सम्मान गरेको हो ।
ग्रामिण विकासका लागि सञ्चार कर्म भन्ने अठोट लिई सञ्चार क्षेत्रको बिकसमा तथ्य सहितको सत्य समाचार उजागर गरी विद्ययमान अवस्थामा रहेको बिकृती,बेथिती विरुद्ध नागरिकको आवाजलाई सशक्तरूपमा बुलन्द गर्दै दर्बिलो खम्बाको रूपमा उभिएको काभ्रे टाइम्स साप्ताहिकलाई रोटरी क्लब अफ पनौतीको संयोजनमा, संस्थापक अध्यक्ष प्रा.डा. सुमनराज ताम्राकारका पिताको स्मृतिमा स्थापित पुस्पराज स्मृति रोटरी पत्रकारीता सम्मानद्धारा सम्मान गरिएको हो । पत्रिकाका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपानेले रोटरी डिस्ट्रिक ३२९ का पूर्व डिस्ट्रिक गभर्नर जितेन्द्र बहादुर राजभण्डारीबाट सम्मान ग्रहण गरेका हुन । क्लबका अध्यक्ष मणि सापकोटा, निवर्तमान अध्यक्ष मधुसुधन गुरागाईं र सस्थापक अध्यक्ष प्रा.डा. सुमन राज ताम्राकार र आयोजक सस्थाप्रति कार्यकारी सम्पादक न्यौपानेले आभार व्यक्त गरेका थिए । सोहि अवसरमा धुलिखेल अस्पतालका पुर्ब डिन एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर राजेन्द्र कोजु समेत सम्मानित भएका थिए ।








