बनेपा, नेकपा एमाले काभ्रेको ११औं अधिबेशनबाट निर्वाचित नेतृत्वले आज सोमबार बनेपामा सपथ ग्रहण गर्दै छन । केन्द्रिय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बनेपा पार्टी भेन्युमा बिहान ११ बजे सपथ ग्रहण कार्यक्रम हुने छ ।
अधिबेशनबाट राजन भुर्तेल अध्यक्ष, देवसागर लामा उपाध्यक्ष, राजकुमार सापकोटा सचिव, सुर्यमाया दनुवार र रत्नकुश रञ्जित उप सचिव पदमा विजयी भएका थिए । १०५ सदस्यीय जिल्ला कमिटीका लागि ४४ पदमा निर्वाचन भएको थियो । अधिबेशनबाट निर्वाचित र सर्वसम्वत निर्वाचित पदाधिकारी र सदस्यहरु, लेखा समितिका पदाधिकारीहरु र सदस्यहरुलाई सपथ गराईनेछ ।