धुलिखेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सत्ता गठबन्धनको आयु लामो नभएको बताएका छन् । नेपाली कांग्रेस धुलिखेलको पहिलो नगर सम्मेलनलाई सम्बोधन गर्दै लेखकले वर्तमान सत्ता गठबन्धनमा अविश्वास पैदा भइसकेको भन्दै पानी परेन र हावाहुरी आएन भने यो गठबन्धनको म्याद ५ महिना रहेको बताए ।
कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले निर्वाचनको समयमा पार्टीबाटै चक्रव्युहमा पारेर असफलता हासिल भएपनि विश्राम नलिने बताएका थिए । नेपाली कांग्रेस धुलिखेलका सभापति विदुरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, काभ्रेका सभापति तीर्थ लामा, उपसभापतिहरु ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, सचिव गुणराज मोक्तान, नेता अच्युतप्रसाद पौडेल, रामकृष्ण हुमागाई, जिल्ला सदस्य मञ्जकुमार कोजू, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा २ (क) का सभापति हेम लामा, पूर्वसभापति विमलकुमार व्याञ्जु, उपसभापति पुण्यवती घले, सचिव सुरज श्रेष्ठ लगायतले बोलेका थिए । –नव क्षितिज साप्ताहिकबाट