नेपालमा युनाईटेड नेचर इन्टर्नेशनल पिस युएनआर्ईपि नेपाल च्याप्टर गठन भएको छ । राजधानी काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विधिवत रुपमा च्याप्टर स्थापनासहित पदास्थापना गरिएको हो । सो अवसरमा च्याप्टर पदाधिकारी एवं सदस्यहरुलई सदस्यताको प्रमाणपत्र वितरण गर्नुका साथै ब्याज, परिचयपत्र र टिशर्ट प्रदान गरिएको थियो ।

सांसद एवं पूर्व मन्त्री मोहन बाँनियाले प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै शान्तीका अग्रदुत भगवान गौतमबुद्ध जन्मेको देश नेपालमा शान्तिगामी अन्तराष्टिय संस्थाको शुरुवात हुनु सुखद पक्ष भएको र संस्थाले विश्व शन्ती र भातृत्व विकासमा टेवा मिल्ने विश्वास व्यक्त्त गर्नुभयो । युएनआर्ईपिका इन्टरनेशनल कोअर्डिनेटर राजु साह युएनआईपियुन मानवता, शान्ति तथा वातावरण प्रबर्धनमा सक्रिय रहेको संयुक्त रास्ट्र संघ आवद्ध संस्था भएको उल्लेख गर्नुभयो । युनाईटेड नेचर इन्टर्नेशनल पिस ९ युएनआर्ईपि नेपाल च्याप्टरका राष्टिय अध्यक्ष भिक्षु डा. राजु लामा पि कोन्दनले आफ्नो नेतृत्वमा नेपालमा च्याप्टर स्थापना भएकोमा खुसि व्यक्त गर्नुहुदै बुद्ध भुमीबाट शान्तीको सन्देशलाई प्रवाह गर्दै मानवताका निम्ती लागि पर्न सबैमा आग्रह गर्नुभयो ।
सो अवसरमा युएनआर्ईपि नेपाल च्याप्टरका संरक्षक पिया रत्न महर्जनले विश्वव्यापी अन्तराष्टिय संस्थालाई नेपालमा ल्याएर नेपाल च्याप्टर स्थापना भएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो । भिक्षु छिन्पो टासीले भाईचारा अभिबृद्धि गर्न तथा शान्ती मार्गमा हिड्न यस्ता संस्थाको अपरिहार्यता रहने बताउनुभयो ।
दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले यस्तो संस्था नेपालमा आउनु निकै महत्वपूर्ण उपलब्धीका रुपमा आफूले लिएको बताउनुभयो । सो अवसरमा युएनआर्ईपि नेशनल भाईस प्रेसिडेण्ट प्रल्हाद दाहालले सबैमा धन्यवाद ज्ञापन गर्नुभयो भने महासचिव हिक्मत दाहालले स्वागत मन्त्व्य राख्नुभएको थियो ।

यस्तो छ नव गठित कार्यसमिति ः भिक्षु डा. राजु लामा पी. कोण्दन ( राष्ट्रिय अध्यक्ष, रविराज शाही (कार्यकारी राष्ट्रिय अध्यक्ष, प्रल्हाद दाहाल राष्ट्रिय उपाध्यक्ष, हिराकाजी विजय अवाले राष्ट्रिय उपाध्यक्ष, हिक्मत दाहाल राष्ट्रिय महासचिव, बहादुर तामाङ राष्ट्रिय सहसचिव, तारा शर्मा पौडेल राष्ट्रिय सहसचिव, मञ्जु श्रेष्ठ–राष्ट्रिय अर्थ सचिव, युवराज शिवाकोटी राष्ट्रिय आयोजना संयोजक, ध्रुव तिवारी राष्ट्रिय वित्त संयोजक, टीकाप्रसाद घिमिरे राष्ट्रिय आयोजक संयोजक, सरोज ओझा राष्ट्रिय प्रेस तथा प्रकाशन संयोजक, कृष्णकुमार श्रेष्ठ, राष्ट्रिय जनसम्पर्क संयोजक, दीपिका रायमाझी शाही राष्ट्रिय महिला नेता, नियुक्ति कान्जी शेर्पा राष्ट्रिय युवा नेतालगायत रहनु भएको छ ।