बनेपा, बनेपा–७, गोदामचोकमा रहेको बेलर ईन्टरनेश्नल एकेडेमी बनेपाको विहिबारबाट शुरु भएको अभिभाबक दिवस तथा–साँस्कृतिक कार्यक्रम २०८० आईतबार सम्पन्न भएको छ । आईतबार कक्षा १० सम्मको कार्यक्रम भएको हो । कक्षागत आधारमा लगातार ३ दिन भएको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमको आईतबार बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा समापन भएको हो ।
समापन समारोहमा बोल्दै मन्त्री लम्सालले विद्यालय ज्ञान आर्जन गर्ने स्थान भएकाले राजनिति भन्दा बाहिरै राखेर ज्ञान छर्न सक्नु पर्नेमा जोड दिए । पद र पैसा भन्दा ठुलो बौद्धिक सम्पत्ती शिक्षा भएकाले गुणस्तरिय शिक्षा आजको आवश्यकता भएको भन्दै मन्त्री लम्सालले बेलरले प्रदान गरिरहेको शिक्षा समयसापेक्ष भएको अपेक्षा गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भोला थापाले बेलर इन्टरनेशनल एकेडेमीले बालबालिकाहरुलाई पाठ्यक्रममा आधारित शिक्षासँगै नैतिक, सामाजिक र व्यवहारिक शिक्षा प्रदान गरिरहेको बताए । उच्च शिक्षाका लागि साँगा कट्नु पर्ने बाध्यतालाई रोक्ने हिसाबले प्ले ग्रुप देखी ब्याचलरसम्मको शिक्षा बेलरमा शुरु गरेको भन्दै भन्दै अध्यक्ष थापाले बेलरले उत्पादन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा सहजै बिक्ने बताए ।
मन्टेश्वरी देखि ब्याचलर तहसम्म ३ हजार भन्दा धेरै विद्यार्थीहरु अध्ययन गरिरहेको बेलर एकेडेमीमा मन्टेश्वरी, प्ले ग्रुप देखि कक्षा १ सम्म, कक्षा ५ सम्म, कक्षा १० सम्म, कक्षा १२ सम्म अलग अलग अभिभावक दिवस मनाउँदै आएको विद्यालयका प्रिन्सिपल इन्दु थापाले जानकारी दिईन ।
उनले अभिभावक र विद्यालय बीचको प्रत्यक्ष सम्वन्ध स्पापित गर्न र बालबालिकाहरुको प्रतिभा प्रष्फुटन गराउन अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम महत्वपुर्ण हुने प्रिन्सिपल थापाले बताईन् । प्याब्सनका केन्द्रिय उप–महासचिव भिमसेन के.सी., पत्रकार महासंघ काभ्रेका सल्लाहकार एवं अभिभावक नवराज बजगाईलगायतले बेलरले शिक्षा क्षेत्रमा पुराएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बेलरमा रहेर योगदान पुराएका सेवा निवृत शिक्षिका लक्ष्मी थापालगायत ८ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।
यस्तै शनिबार कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि अभिभाबक दिवस तथा–साँस्कृतिक कार्यक्रम भएको थियो । जुन बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो ।
विहिबार प्ले ग्रुपदेखी कक्षा एकसम्मका विद्यार्थीहरुका लागि अभिभाबक दिवस तथा–साँस्कृतिक कार्यक्रम भएको थियो । नेपाल प्लाईउड उत्पादक सघंका अध्यक्ष होमप्रसाद घिमिरेको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।
सबै कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षता र प्रिन्सिपल इन्दु थापाले स्वागत गरेका थिए ।








