बनेपा, राष्ट्रिय युवा संघ नेपाल काभ्रेको तेस्रो पुर्ण बैठक शनिबार बनेपामा सम्पन्न भएको छ । युवासंघ काभ्रेका अध्यक्ष ईश्वर बल्लभ सापकोटाको अध्यक्षता र नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामा, नेकपा एमाले काभ्रेपलाञ्चोकका सचिव राजन भुर्तेल, पार्टी नेता रीता ढकाल, नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य एबम राष्ट्रिय युवा संघ नेपाल अनुशासन आयोग प्रमुख राकेश लामा, पार्टी जिल्ला कमिटी सदस्य युवा इन्चार्ज होमप्रसाद चौलागाईं, युवा संघका नेताहरु विक्रम चौंलागाँईं, सागर रायमाझी, खुसराज लामा लगाएयतका नेताहरुको आतिथ्यतामा तेस्रो पूर्ण बैठक सम्पन्न भएको हो ।
वैठकले जिल्लाका सबै वडाहरुको वडा भेला र अधिवेशनहरु सम्पन्न गर्दै अवधि पुगेको र हालसम्म गतिविधिका हिसाबले केहि सन्तुष्ट रहँन नसकेका पालिकाहरुको अधिवेशनहरु सम्पन्न गर्ने गरी सबै वडा भेला लगायतका गतिबिधि २ महिनामा सक्नेगरी निर्णय भएको जिल्ला अध्यक्ष इश्वरबल्लव सापकोटाले जानकारी दिए ।








