बनेपा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको बनेपा, मण्डनदेउपुर र पाँचखालको नगर कमिटी अधिवेशन सम्पन्न भएका छन ।
अनेरास्ववियु काभ्रेका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख प्रविण पौडेलका अनुसार शुक्रबार बनेपाको दोस्रो नगर अधिवेशन नेकपा एमाले बागमती प्रदेश सदस्य हरिशरण दाहालको प्रमुख आतिथ्तयतामा सम्पन्न भएको हो । अधिवेशनबाट सुदिप दाहालको अध्यक्षमा नगर कमिटी चयन भएको छ ।
जसको उपाध्यक्षमा सुजन श्रेष्ठ, सचिवमा निशान खड्का, सह–सचिवमा सलिना धिताल, कोषाध्यक्षमा लक्ष्मि तामाङ, महिला विभागमा सन्जिता चौलागाई र सदस्यमा अजय तामाङ, निर्मल बुढाथोकी, सन्देश मोक्तान, स्वेच्छा परियार, रोमी बोगटी, प्रियंका तामाङ, सीता रामटेल, सपना घिमिरे, सरिता बानिया, रितु सेन्चुरि, निर्मला बुढाथोकि, बरदान बुढाथोकी र राजीव परियार चयन भएका छन ।

त्यसैगरी बुघबार अनेरास्ववियु मण्डनदेउपुर नगर कमिटिको तेस्रो नगर अधिवेशन तथा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता अनेरास्ववियु केन्द्रीय कमिटि महासचिव नरेश रोकायाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ
अधिवेशनबाट संगिता दाहालको अध्यक्षमा नगर कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा आशा राई, सचिवमा कुशल पंडित सह–सचिवमा निश्चल पराजुली, कोषाध्यक्षमा निरुता तिमल्सिना र सदस्यहरुमा सुनिता रम्तेल, पुजा चौलागाई, गंगा बज्राचार्य, सुमित्रा खत्री, उज्वल पुर्काेटी, सलिना बजगाई, सन्जिता माझी, समिरा पराजुली र कुशल नेपाल चयन भएका छन ।
त्यसैगरी माघ ११ गते पाँचखालको तेश्रो नगर अधिबेशन अनेरास्ववियुका केन्द्रिय सचिव संजिव धितालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिवेशनबाट बिकास योञ्जनको अध्यक्षमा नगर कमिटी चयन भएको छ ।