बनेपा, काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम विहिबार बनेपामा सम्पन्न भएको छ ।
काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सम्मानित ब्यत्तित्वहरुलाई पुरस्कार वितरण गर्दै नेपालमा उपलब्ध शिक्षालाई ब्यवहारी, सिप र प्रविधीयुक्त बनाउने प्रयत्न भईरहेको भन्दै युवाहरुको जोस र जाँगरलाई सिप र प्रविधीसँग जोडेर लैजाने गरी पाठ्यक्रमहरु तयार गर्ने र विद्यार्थीहरुलाई स्वदेशमै गर्न सकिन्छ भन्ने देखाउन पनि हरेक क्षेत्रको सकारात्मक सहयोग आवश्यक रहेको बताए ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जेसीजले दिएको नीति र विघि अनुसार मुलुक र राज्यका सबै निकाय तथा संयन्त्रहरु संचालन हुन सके युवाहरुमा निराशा नआउने बताए । वर्ष २०२३ का अध्यक्षहरु काभ्रे जेसीजका सुमित मानन्धर, काभ्रे लेडी जेसीजका बुद्धलक्ष्मी मानन्धर र बनेपा जुनियर जेसीजका रोजा सिल्पकारले आफ्नो कार्यकालमा भएका गतिविधिहरु प्रस्तुत गर्दै सहयोगीहरुलाई पुरस्कार उपलब्ध गराएका थिए । त्यस्तै वर्ष २०२४ का लागि निर्वाचित अध्यक्षहरु क्रमशः काभ्रे जेसीजका रिकेश सैंजु, काभ्रे लेडी जेसीजका सविता बज्राचार्य शाक्य र बनेपा जुनियर जेसीजका अध्यक्ष सृष्टि श्रेष्ठलाई पदभार ग्रहण गर्दै आगामी वर्ष गर्ने योजना प्रस्तुत गरेका थिए ।