धुलिखेल, सामाजिक जागरण मञ्च धुलिखेल–४, काभ्रेको २१ औं वार्षिक साधारण सभा शनिबार धुलिखेल बुद्धपार्कमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पृथ्वी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले मन्चले ल्याउने जनजागरण अभियानमा काठमाडौ विश्वविद्यालय पनि सहयोगी हुने बताउनु भयो । उहाँले अध्यनको लागि विद्यार्थी विदेश पलायन हुने डरलाग्दो अबस्था आउनुमा शैक्षिक संस्थाहरु निकम्वा भएर होइन देशमा उचित रोजगारि, उद्दम र व्यवसाय नभएकोले विद्यार्थी पलायन भएको बताउदै रोक्ने तर्फ जागरण फैलाउनु पर्ने बताउनु भयो ।
संस्थाका उपाध्यक्ष हरिगोपाल प्रधानाङ्गले स्वागत, सचिव कमल बहादुर रायले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत र कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रममा कोषाध्यक्ष बिष्णु शर्माले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । २१ जना नयाँ सदस्यहरु लाई सदस्यताको प्रमाण पत्र र संस्थाको लोगो अङ्कित ब्याच सहित सम्मान गरिएको कार्यक्रममा संस्थालाई आर्थिक सहयोग गर्नुहुने के.सि. प्लाष्टिक सप्लार्यस बनेपाका प्रोपाइटर तथा संस्थाका आजिवन सदस्य कृष्ण चौलागाईंलाई प्रशांसा पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाई, अटल पाँचकुण्ड साकोसका सचिव जयराम कुईकेललगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । –नव क्षितिज साप्ताहिकबाट









