काभ्रेपलान्चोक – समाजसेवी, नेपाली काँग्रेसका युवा नेता, सामाजिक अभियान्ता तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य सुधिर बैद्यले जन्म दिनको अवसर पारी बनेपामा खुल्ला रक्तदान, स्वास्थ्य शिविरका साथै बनेपाका शहिद परिवारका सदस्यलाई सम्मान गरेका छन् ।

२०४६ सालको परिवर्तनका लागि भएको आन्दोलनमा प्रहरीको गोलीबाट बासुदेव मुस्याजुले ज्यान गुमाएका थिए । कार्यक्रममा बासुदेव मुस्याजुको ममतामयी माता जेष्ठ सदस्य रामकुमारी मुस्याजुको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बनेपाकै मुकेश कायस्थ २०६२/२०६३ को आन्दोलनमा प्रहरीको गोलीबाट १६ वर्षसम्म जिउँदो शहिदका रुपमा रही एक वर्ष अघि मात्रै वितेका थिए। उनकी आमा मिरा कायस्थ र बासुदेव मुस्याजुको आमा रामकुमारीलाई सोहि अवसरमा सुधिर बैद्यले सम्मान गरेका थिए ।

खुल्ला रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका थिए भने तीन सय भन्दा धेरै जनाले स्वास्थ्य परीक्षण गरेका थिए ।

नेपाली कांग्रेसका युवा नेता बैध विभिन्न सामाजिक कार्यमा अनवरत रुपमा लाग्ने गरेका छन । खुल्ला हृदय भएका उनी काभ्रे जिल्लाको एक उदाहरणीय ब्यक्ति हुन । रोगि, दीनदुखी, असहाय र बिपन्न बर्गका मानिसलाई सहयोग गर्नुपर्छ भन्ने भावना भएका बैध एक उद्दारवादी युवा नेता भन्दा फरक नपर्ला । नेपाल तरुण दल बनेपा नगर कार्यसमिति र ट्रेड युनियन कांग्रेस बनेपा नगर कार्यसमितिको विशेष साथ सहयोगमा समय समयमा बैधले विभिन्न गतिविधिहरु गर्दै आइरहेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु राम जोशी, रविन शाक्य, महेश कर्माचार्य, बुद्धिकृष्ण घिमिरे, संजोग श्रेष्ठले युवाहरुले गर्ने कार्यले सकारात्मक सन्देश जानु पर्ने बताएका थिए ।

शहिद मुकेश कायस्थको आमा मिरा कायस्थले मुकेशले परिवर्तनका लागि दिएको ज्यानको उपलब्धी आम युवाहरु स्वदेशमै बसेर केहि गर्न सक्ने अवस्थाको मुलुक समृद्ध र स्वतन्त्रता सहितको हुनु पर्ने बताईन् ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति संगम थापा, नेपाल तरुण दल बनेपा नगर कार्यसमिति बिबेक बैजु लगायत जिल्ला तथा स्थानीय कांग्रेस नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा झण्डै ५०० युवाहरुको सहभागिता रहेको थियो ।