नमोबुद्ध नगरपालिका, काभ्रे, श्री जनक माध्यमिक विद्यालयका विद्यार्थीहरूबाट देउसी भैलो कार्यक्रम सञ्चालन गरी सङ्कलन भएको रु . १६ लाख २५ हजार ३६० रुपैया मध्येबाट ७ लाख नगद र ७५० सेट न्यानो कपडा ज्याकेट र टोपी सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड एवम् उपप्रधान तथा गृहमन्त्रि नारायण काजि श्रेष्ठ समक्ष हस्तान्तरण गरिएको छ । कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकमबाट प्रभावित क्षेत्रका ७५० जना विद्यार्थीहलाई सो सहयोग पुयाउने व्यवस्था मिलाइएको छ । श्री जनक मा. वि. , जनक क्याम्पस, पतञ्जली योग समिति र जेसिजको आयोजनामा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम कार्तिक २७ र २८ गते सञ्चालन भएको थियो । उक्त कार्यक्रमबाट भूकम्प क्षेत्रका पीडित जनसमूदाय प्रतिको भावनात्मक र मानवीय आत्मीयता तथा एक क्षेत्रका विद्यार्थीले अर्को क्षेत्रका विद्यार्थीको अवस्था प्रति सद्‌भाव समेत झल्किएको छ ।

देश भरिकै नमूना र प्रशंसनीय कार्य गर्नु भएकोमा तथा भावनात्मक संवेदना बुझ्नु भएकोमा विद्यार्थी भाइ‌बहिनीहरू, आयोजक र स्थानीय जनसमुदायलाई प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले धन्यवाद ज्ञापन गर्नुभयो ।

नमूना विद्यालय विकासका लागि छनोट भई कार्यान्वयनको अवस्थामा रहेको जनक माध्यामिक विद्यालयमा प्राविधिक धारमा पशुविज्ञान  कार्यक्रम, पढ्‌दै कमाउँदै कार्यक्रम अन्तर्गत कुखुरा पालन, बाख्रा पालन, मौरी चालन, गाई भैंसी पालन, तरकारी खेती, फूल खेती, लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेका विद्यालय संयोजक तथा सूचना अधिकारी हरिहर अधिकारीले बताउनुभयो ।

दुःखमा मल्हम लगाउने यस्तो काम सार्है सर्हानिय रहेको भन्दै विद्यालय र समुदायप्रति खुशिहुँदै निकट भविष्यमा विद्यालयको भ्रमणगर्ने इच्छा रहेको प्रधानमन्त्रीज्युले वताउनु भएको थियो ।