सुनसरीमा ईटा उद्योगका म्यानेजरको गोली हानेर हत्या

काठमाडौँ – सुनसरीको दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको गोली हानेर हत्या भएको छ ।

मोटरसाइकलमा आएका  दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागि हुसेन घाइते भएका थिए । उनलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

हुसेनलाई बुधबार बिहान ६:३० बजे मर्निङ्ग वाकको समयमा अज्ञात समूहले गोली प्रहार गरेको हो । गोली प्रहार गर्ने समूहको खोजी कार्य सूरू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया