नेपाल केन्पो खुकुरी मार्सल आट्र्स संघ कर्णाली प्रदेशको तेश्रो पुर्ण भेला शनिबार सुर्खेतको बगैचा रेष्टुरेन्ट घण्टाघरमा सम्पन्न भएको छ । भेलाबाट इश्वर शाहीको नेतृत्वमा ११ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको छ । जसमा अध्यक्ष–इश्वर शाही, प्रथम उपाध्यक्ष याम प्रसाद उपाध्याय, उपाध्यक्ष शिवराज रोकाय र गणेश बस्नेत, महासचिव चेतन आचार्य, सचिव राज बहादुर बुढा, कोषाध्यक्ष तारा शाही र सदस्यहरुमा मोहन सुनार, सिर्जना परियार, सोनाम रोकाय र राजु खत्री रहेका छन ।

प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालको प्रमुख आतिथ्यता र नेपाल केन्पो खुकुरी मार्सल आट्र्स संघका केन्द्रिय अध्यक्ष एवं एसिया प्रमुख डा. पुर्ण प्रसाद पाण्डेको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषद सदस्य टंक बहादुर शाही, केन्द्रिय पुर्व उपमहासचिव निर्मल त्रीपाठी, केन्द्रीय सदस्य निम पौडेललगायतको आतिथ्यता रहेको थियो । नेपाल केन्पो खुकुरी मार्सल आर्ट संघ कर्णाली प्रदेशका अध्यक्ष ईश्वर शाहीको अध्यक्षता र हरिमाया कार्कीको सञ्चालनमा भएको भेलामा खेलाडी, खेलप्रेमी, मिडियाकर्मी, प्रशिक्षक, जिल्ला पधाधिकारी, प्रदेश पदाधिकारीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।