बनेपा, नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चातको प्रथम काभ्रे जिल्ला सम्मेलन शनिवार बनेपामा सम्पन्न भएको छ ।
सम्मेलनको उद्धघाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले स्वतन्त्र न्यायलयको पक्षमा कांग्रेस सदैव रहेको भन्दै अदालतले गर्ने निर्णय, फैसला कांग्रेसलाई स्विकार्य हुने तर्क गरिन । सामाजिक सञ्जाल प्रयोग गरी जनतालाई दिगभ्रमित पार्ने राजनीतिक शक्तिहरु मौलाइरहेको भन्दै उनले विचार, सिद्धान्त स्पष्ट भएका लोकतान्त्रिक शक्तिहरुमा भविष्य भएको बताइन ।
केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सानो पार्टीको ठूलो नेता हुनुभन्दा इतिहास भएको, ठूलो पार्टीको कार्यकर्ता हुनुमा नै आफूलाई गर्व लागेको बताईन । नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले संगठनको लक्ष्य, गन्तव्य पुरा गर्न विधानत सबै अनुशासित भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा पुर्व केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई, बाग्मती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, काभ्रे कांग्रेसका अग्रज नेता इन्द्रमणि अधिकारी, पूर्व सह–सभापति तिर्थबहादुर पसखल, उप–सभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, नेता अच्युतप्रसाद पौडेल, बाग्मती प्रदेश सदस्य सुनिता लामा, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा १ (ख) का सभापति चन्द्रबहादुर लामा, १ (क) का सभापति राम योञ्जन, २ (क) का सभापति हेम लामा, नेविसंघ काभ्रेका सभापति अन्जनराज खतिवडा लगायतले बोलेका थिए ।
सम्मेलनको बन्द सत्रले सचिव माधवप्रसाद ढकालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, सचिव गुणराज मुक्तानले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष जगन्नाथ गिरीले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । –नव क्षितिज साप्ताहिकबाट