विभिन्न माग राख्दै एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु काठमाडौँ विश्वविद्यालयले काठमाडौँ विश्वविद्यालयमा लगाएको तालबन्दी तेस्रो दिन पनि जारी रहेको छ।

अनेरास्ववियले विश्वविद्यालयमा भ्रष्टाचार, कुरीति र बेथिति बढेको भन्दै प्रशासनलाई गत आइतबार विज्ञप्ति बुझाएको र त्यस विषयमा छलफल गर्ने क्रममा रजिस्टारले अभद्र व्यवहार देखाएको भन्दै बिहीबारदेखि तालाबन्दी गरेको थियो।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ इकाइ सचिव बालकृष्ण घिमिरेले उपकुलपति सहितको टोलिसंग लगभग ५ घण्टा भन्दा बढि समय वार्ता बसेपनि विभिन्न प्रलोभन मात्र देखाइएको तर कार्यन्वयमा प्रतिबद्ध नदेखिएको र ढिलासुस्ती गरेको विद्यार्थीहरुको आरोप छ।

आफ्ना मागहरु पूरा नभएसम्म ताला नखोल्ने जानकारी अनेरास्ववियु काठमाडौ विश्वविद्यालयका प्रतिनिधिले दिएका छन्।