
सामाजिक पारिवारीक लगायत सम्पुर्ण भौतिक कार्य हरु मानव जिवन ब्यवस्थापन संग सम्वन्धित रहन्छ । यसलाई धर्म पनि भनिन्छ । अध्यात्म शव्द प्रगतीशिल विचार एंव आत्मोन्नती को प्रमुख आधार हो । र धर्म बुझाइको आधारमा प्रतिपादित गर्ने गरेको पनि पाइन्छ, वास्तवमा अध्यात्म अनुभुति अनुभुतिको विषय हो, निरन्तर आत्म चिन्तन द्धारा कश्य र तथ्य भन्दा अगाडी सत्य सँग निहित भनौं या अन्तर यात्रा भनौं अथवा स्वयंको खोज गर्ने विषय अध्यात्म हो ।
श्री कृष्ण प्रणामी धर्म जागनी महोत्सब कार्यक्रम काभ्रे जिल्लाले आयोजना गरेर अध्यात्म चिन्तनको मार्गलाई सरल र सहज गरिदिएको छ । यस मानवकल्याण कार्य द्धारा समाजको निःस्वार्थ सेवा गर्ने श्री कृष्ण प्रणामी सेवा समिति जिल्लाका सम्पुर्ण पदाधिकारी एवं जिल्ला वासी सम्पुर्ण श्रदालु भक्तजनहरुमा हार्दिक साधुवाद धन्यवाद व्यतm गर्दछु । यस्ता खालका कार्यहरुको निरन्तरताको कामना गर्दछु । प्रणाम
श्री कृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला समिति काभ्रेले २०६५ सालबाट सुरु गरेको धर्म जागनी महोत्सव २०७५ सम्म आईपुगेको छ । कार्यक्रम गर्नुको उद्धेश्य भनेकै शुद्ध सनातन हिन्दु धर्मको संरक्षण सम्र्बद्धन एवंम प्रबर्धन गर्दै समाजमा भाईभातृत्वको सम्बन्ध विस्तार गर्दै शान्ति ,सुशासन र अमनचयन कायम गर्नु हो । यी र यस्तै सामाजिक एवंम धार्मिक उद्धेश्यमुलक गतिविधिहरुले समाजमा सकारात्मक प्रभाव पार्ने गर्दछ । धर्म जागनी महोत्सव २०७५ मा यस काभ्रेको बनेपामा हजारौँ भक्तजनहरुले भौतिक जिन्सी एवंम आर्थिक रुपले सहयोग गर्नुभएको छ ।
हामी उहाँहरुले गर्नुभएको सहयोगको लागि धन्यवाद दिदैँ निरन्तर सामाजिक एवंम धार्मिक कार्यहरुमा निस्वार्थ भावले अगाडि बढ्दै धर्म जागनी कार्यलाई निरन्तरता दिन्छौ । 
महामति श्री प्राणनाथजी द्धारा प्रवर्धित श्री कृष्ण प्रणामी धर्मको दर्शन तथा सैद्धान्तिक अवधारणाहरु ःएक विवेचना र काभ्रेको श्री कृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७५को ध्येय….
श्री कृष्ण प्रणामी धर्मका प्रवर्धक श्री प्राणनाथजीको प्राकट्य चतुर्थशताब्दीको शुभ उपलक्ष्यमा काभ्रे जिल्ला शाखाद्धारा आयोजित श्री कृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७५ एवं २७ पाठ पारायणका अवसरमा श्री कृष्ण प्रणामी धर्मका दर्शन र सैद्धान्तिक अवधारणाहरुको विवेचना र काभ्रेमा प्रणामी धर्मको उदय बारे प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । अधिकांश धर्म सम्प्रदायका दर्शन तथा सैद्धान्तिक पक्षहरु ‘श्रुति र स्मृति’ दर्शन र सिद्धान्तहरुको अवतरणसंगै लिप्यान्तरण भई ‘तारतम’ ग्रन्थको रुपमा सुरुदेखि हालसम्म मूलभाव यथावत् चलिरहेको पाईन्छ ।
जीव र जगत्लाई पारिस्थितिक पद्धतिको आधारमा सञ्चालन मूलभूत मर्महरु अकाट्य रुपमा महामति श्री प्राणनाथजीले प्रर्बधित गर्नु भएअनुसार नै चलिरहेको पाईन्छ । सबैमा श्री कृष्ण प्रणामी धर्मको दर्शन सिद्धान्त र काभ्रेमा यस धर्मको उदय पोर जानकारी गराउने उद्धेश्यबाट प्रस्तुत गर्न चाहेको छु । ख) श्री कृष्ण प्रणामी धर्मको परिचय श्री कृष्ण प्रणामी धर्मको सम्प्रदायको पार्दुभाव वि.सं.१६८६ ताका भारतको गुजरात कच्छ प्रदेश जामनगबाट भएको हो । यस सम्प्रदायका संस्थापक सद्गुरु श्री देवचन्द्र ज्यू हुनुहुन्छ । सद्गुरु ,श्री देवचन्द्र ज्यू ले आत्मज्ञानको खोजीमा १४ वर्षसम्म अनवरत श्रीमद्भागवतको श्रवण र मनन गर्नभयो । त्यसक्रममा वहाँलाई स्वंय अक्षरातीत श्री कृष्ण (श्री रजनी ) को ३ पटक प्रत्यक्ष दर्शन भई ‘निजनाम ’मन्त्र प्राप्त भयो । यही निजनाम (आफुलाई श्री रजनीसंग मिलन गराउन ) मन्त्रबाट दीक्षीत तथा श्री कृष्ण प्रणामी धर्मका दर्शन र सिद्धान्तहरुको पालना गर्ने अनुयायीहरुलाई नै श्री कृष्ण प्रणामी सम्प्रदायको रुपमा चिनिन्छ । सद्गुरु श्री देवचन्द्र ज्यूलाई प्रणामी धर्मका मूल प्रवर्तक तथा आध्यगुरुको रुपमा मानिएको छ । वहाँलाई सद्गुरु तथा ‘निजानन्द स्वामी’को उपाधिले सम्बोधन गरिएको हुनाले श्री कृष्ण प्रणामी
गर्ने अनुयायीहरुलाई नै श्री कृष्ण प्रणामी सम्प्रदायको रुपमा चिनिन्छ । सद्गुरु श्री देवचन्द्र ज्यूलाई प्रणामी धर्मका मूल प्रवर्तक तथा आध्यगुरुको रुपमा मानिएको छ । वहाँलाई सद्गुरु तथा ‘निजानन्द स्वामी’को उपाधिले सम्बोधन गरिएको हुनाले श्री कृष्ण प्रणामी धर्मालम्बीहरुलाई निजानन्द सम्प्रदायको रुपमा पनि चिनिन्छ ।
भारतको सौँराष्ट जामनगर मन्त्रि दिवानका छोरा मेहेराज ठाकुरको जन्म वि.सं.१६७५ मा भएको थियो । वहाँले वि.सं.१६८७ साल (१२ वर्षको उमेरमा) सद्गुरु श्री देवचन्द्रजीसंग दीक्षा प्राप्त गरेपछि श्री कृष्ण प्रणामी धर्मको प्रवर्धनमा सम्पूर्ण जीवन समर्पण गर्नुभयो । वि.सं. १७३५ मा हरिद्धारमा कुम्भमेलामा ४४ धर्मालम्बीहरुका गुरुहरु बसी धर्मसभा गर्दा कुनैपनि गुरुहरुबाट खुलाउन नसकेका ग्रन्थका भेदहरु मेहेराज ठाकुरले खुलाएकाले उनलाई सबैलाई कलियुगका गिता भागवतमा भनिएको निष्कलंक ,बुद्ध अवतारका रुपमा आएका अक्षरातित यिनै हुन भनि सम्मान गरी ‘श्री महामति प्राणनाथ’को रुपमा विभूषित गरियो । स्वामी श्री महामति प्राणनाथजीले जीवनलाई अक्षरातित पूर्ण ब्रम्ह परमात्मा श्री कृष्ण जी समिपमा सम्पूर्णलाई लीन गराउन गाउँ सहर ,प्रान्तमा ज्ञानको ज्योति फैलाउन खोज्दा सरकार पक्षले जेलनेल भोगाएको थियो । त्यसै जागनीको क्रममा अवतरित वाणीहरुलाई संकलन गरी १४ किताब तयार पार्नुभयो र सो किताबलाई नै तारतम वाणी भनिन्छ । कृष्ण प्रणामी धर्म शुद्ध सनातन हिन्दु धर्म हो । यसका आध्यात्मिक आयामहरु मनुष्य जीवन दुर्लभ छ ,यसकारण सत्कर्ममा मानिसको विचार उन्मुख हुनु जरुरी छ । र यस्ता खालका धर्म जागनी महोत्सवले मानिसलाई अनुशासित ,सभ्य र शालिन हुनको लागि मदत गर्छ । श्री कृष्ण प्रणामी सेवासमिति नेपाल जिल्ला समिति काभ्रेले यस्तै खालका सामाजिक उद्धेश्यमुलक गतिविधिहरु गर्दै अगाडि बढिरहेको छ ।

प्रणामी धर्म “शाकाहारी भोजन ” आजको आवश्यकता भएको छ । किनकि शुद्ध शाकाहार खानपानले मानिसको चित्त ,बुद्यि र मनलाई शान्त राख्नुको साथै शान्त शालिन भएर आफ्नो कार्यमा कर्तव्यनिष्ठ भएर इमान्दारिताको कार्य सिद्धी गर्न मदत गर्दछ । तसर्थ आजको अस्वस्थ आहारविहार र तडकभडक जीवनशैलीको कारण मानिसमा विभिन्न खालका सर्ने र नसर्ने रोगहरु समेत लाग्ने गर्दछ । यसर्थ सकारात्मक सोच निस्वार्थ भावनाको विकास भाईभातृत्वको भावना नै आम मानव सम्प्रदाय र विश्व चराचर प्राणीहरुको समेत हित गर्ने भएकाले यस्तो खालको “धर्म जागनी” महोत्सव निरन्तर हुनु आवश्यक छ । “अहिंसा परमो धर्म ”धर्म एउटै हो ,सबै पशु प्राणीहरुको दया गरिब ,अपाङ्ग ,अशक्त र असाहाय सबैको सेवासहयोग र संरक्षण कसरी गर्ने ,भन्ने कुरा अध्यात्मले सिकाउछ । मानिसलाई नीतिवान् र चरित्रवान् भई दैनिक जीवनयापन गर्न सहिढंगले जीवन व्यतीत गर्ने सुत्र यस्ता धार्मिक यज्ञ अनुष्ठानहरुबाट प्राप्त हुने गर्दछ । तसर्थ श्री कृष्ण प्रणामी सेवा समिति नेपाल ,जिल्ला समिति काभ्रेले यस्ता धार्मिक एवं साँस्कृतिक ,सामाजिक गतिविधि निरन्तर गर्दै अगाडि बढिरहेकोछ । 
श्री कृष्ण प्रणामी सेवा समिति काभ्रे जिल्ला द्धारा आयोजित महामति प्राणनाथ चतुर्थ शताब्दी वर्ष एवं श्री कृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७५ को आयोजना गरिएको छ ।
१. कृष्ण प्रणामी युवा परिषद्का १६ वटा प्रारम्भिक समिति छन् ।
२. सेवा समितिको १४ वटा ईकाइ छन् ।
३.श्री कृष्ण प्रणामी मन्दिर १२ वटा छन् । जुन मन्दिरहरु सेटसंग भवनहरु धेरैजसो बहुउद्देशिय भवनहरु छन् । जुन हलहरु सामाजिक कार्य ,विवाह ,व्रतबन्ध ,गोष्ठी ,सेमिनारहरु गर्नका लागि न्युनतम व्यवस्थापन शुल्कमा गराउने गरिएको छ ।
४. दुव्र्यशन मुक्त समाज शाकाहारी समाज , स्वच्छ र समृद्ध समाज निर्माण गर्ने उद्धेश्य लिएको सेवा समितिले बनेपा पुल बजार स्थित पञ्चकन्या वेन्केटमा स्वास्थ्य परिक्षण ,पाठ पारायण दर्शन ,कथा चर्चा भईरहेको र उक्त कार्यक्रममा काभ्रे जिल्ला लगायत आसपासका अन्य जिल्लाहरुबाट भक्तजनहरुको उल्लेख्य सहभागिता रह्यो । उक्त कार्यक्रमबाट बचेको रकम द्धारा श्री कृष्ण प्रणामी सेवा समितिको कार्यलय भवन निर्माण सहयोगार्थमा प्रयोग गरिने लक्ष्य राखिएको कार्यक्रममा छैठौँ दिन सम्म आईपुग्दा करिब १५ लाख रुपैया भक्तजनहरुबाट जुटेको छ । सभासद् ,पूर्व सभासद् ,सूचना तथा सञ्चार मन्त्री ज्यू ,तथा नगर गाउँपालिकाका प्रमुख ,उपप्रमुखहरुबाट भवन निर्माणमा पुर्ण रुपमा संस्थागत सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । महामति प्राणनाथजीले पनि “सुख शितल करुँ संसार ” छुवाछुत ,नारी जागरण ,सामाजिक सद्भाव ,शाकाहारी समाज ,दुव्र्यशन मुक्त समाज सहित आत्मालाई परमात्मासंग जोड्नुपर्छ भन्ने महान् उद्धेश्य थियो । त्यही उद्धेश्य चरितार्थ गर्न आयोजक समितिले यो कार्य गरेको छ । सो कार्य संघ संस्था ,राजनीतिक दल एवं परोक्ष प्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्णमा धेरै धेरै धन्यवाद । 
श्री कृष्ण प्रणामी सेवा समिति नेपाल २०२३ सालमा नेपालमा पहिलो धार्मिक संस्थााको रुपमा दर्ता गर्ने महान कार्य सन्त श्री वण युगलदाश महाराजले स्थापना गर्नुभयो । यस संस्थाले धार्मिक एवं सामाजिक कार्य गर्दै विभिन्न स्थानमा श्री कृष्ण प्रणामी मन्दिर तथा सत्संग भवनहरु जस्ता भौतिक संरचनाहरुको विकासमा जोड दिनुभयो । आज नेपालमा श्री कृष्ण प्रणामी मन्दिर एवं सत्संग भवन मठ आदि करिब १६० भन्दा बढि संस्थामा स्थापना भएका छन् । जस्मा रााष्ट्रिय धामको रुपमा काठमाडौ गोठाटार हाल कागेश्वरी मनहरा नगरपालिकामा “ श्री नवतनधाम ”स्थापना भएको छ । यस धाममा हाल ३५ जना असहाय बालबालिकाहरु रहेका छन् । तिनीहरुको पालन पोषण तथा स्कुल पठाउने कार्य सञ्चालक समितिले गरेको छ । त्यस्तै अशक्त बृद्धबृद्धाहरु यस धाम लगायत मेची देखि महाकाली कञ्चनपुर सम्मका सबै प्रणामी मन्दिरहरुमा क्षमता अनुसारको आश्रमहरुले सेवा पु¥याएको छ । सेवा समितिले नेपालको मातृ संस्था श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल २०४७ सालमा दुव्र्यसन त्यागौ ,सेवामुखि बनौ भन्ने मूल मन्त्रका साथ स्थापना भएको सामाजिक संस्था हो । यसले रक्तदान ,आँखा दान ,स्टेचर वितरण ,दैवी प्रकोप विपत्तिमा । राहत तथा स्वयमसेवक सेवा ,शीतलहरमा न्यानो कपडा वितरण असहाय बालबालिकाहरुलाई छात्रवृति वितरण , दुव्र्यसन मुक्त समाज बन्नुपर्छ भन्ने विषयमा प्रशिक्षण र अन्य विभिन्न समान उद्धेश्य भएका संघ संस्थाहरुसंग समन्वय गरी समाज र राष्ट्रको विकासमा सेवा गर्दै आएको छ । त्यस्तै श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालले महिला क्षेत्रमा संगठन गरी धर्म र समाजको विकासमा विशेष भूमिका खेल्दै आएको छ । विशेष गरी आफ्ना बालबालिकाहरुलाई सानै उमेरदेखि सेवा र धमको बाटोमा लगाउन प्रेरणादायी भुमिका निर्वाह गर्दै प्रणामी धर्मका मन्दिरहरुको विकासमा सेवा गर्दै देशभर आफ्नो संगठन गरी केन्द्र जिल्ला र इकाईमा सबै भक्तजन महिलाहरुलाई अग्रसर गराउने कार्य भएको छ । त्यस्तै युवा परिषद् आज देशका ५१ जिल्लामा संग गर्ने कार्य गर्दै गैर आवासीय युवा परिषद् गठन गरी बाहिरी देशहरु ,अष्ट्रेलिया ,लण्डन ,जापान ,कोरिया ,इजरायल ,दुबाई ,कतार ,भारत आदि देशमा समेत संगठन गरी १० हजार ५ सय ९० जना सक्रिय सदस्यहरु रहेको यो युवाहरुको संगठन अहिंसा ,शान्ति कायम गरी खानपान व्यवहार र विचार पवित्र भए मात्र देशमा शान्ति हुन्छ भन्ने धारण राख्दछ ।
यसरी प्रणामी समाजका यी सेवा संस्थाहरुको तर्फबाट विभिन्न समाज सेवाका कार्य गर्ने क्रममा श्री कृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला शाखा काभ्रेले जिल्ला भित्रका सबै मन्दिर र इकाइहरुको केन्द्रको रुपमा जिल्ला समितिको कार्यलय प्रयोजन सहितको सामुदायिक भवन निर्माण गर्ने उद्धेश्य राखेर आयोजना गरेको यस श्री तारतम सागर २७ पाठ पारायण एवं श्रीमद्भागवत ज्ञान चर्चा महायज्ञको आयोजना भएको हो । यस महोत्सवमा राष्ट्रिय ,अन्र्तराष्ट्रिय धर्म अनुरागी भक्तजन पर्यटकहरु उपस्थित भएर यस काभ्रे जिल्लाको पहिचान समेत हुने महान् कार्य गर्नु भएको छ । यसबाट जुन आर्थिक लाभ हुन्छ त्यसलाई पारदर्शिताका साथ सामाजिक परीक्षण गराई सार्वजनिक गर्नु हुने छ र सहयोगदाताहरुले आफ्नो जीवन धन्य बनाई यथासक्य सेवा गरी कार्यक्रम सफल बनाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछु । प्रणाम ।
शुद्ध सनातन हिन्दु धर्म भनेको यस संसारको उत्पत्ति देखि नै चलिआएको एउटा शुद्ध र परम्पद प्राप्तीको एउटै निर्विकल्प धर्म हो । अन्य धर्ममा जस्तो केवल आत्माको मुक्ति मात्रै भनेर एउटा मात्र बाटो देखाउने धर्म होइन । यस्का अनन्त बाटा हुन भनेर श्रीमद्भागवत गितामा पनि ,निर्विकल्प ३ वटा (मार्ग) देखाइएको छ ।
क) ज्ञानयोग
ख) कर्मयोग
ग) भक्ति योग
यी र यस्तै अनगिन्ती मार्गले मात्र आत्माको मुक्ति र मोक्ष हुन्छ । अनन्त जन्म र मरणको फन्दाबाट छुटकारा पाईन्छ भन्ने मार्ग दर्शन हिन्दु धर्ममा पाईन्छ ।यी र यस्तै सन्देश दिदैँ सबै नेपालीलाई एकताबद्ध भई हिन्दु धर्मको संरक्षण विकास एवंम विस्तार गर्न यस्ता धार्मिक महोत्सव एउटा मात्र गतिलो माध्यम भएकोले हाम्रो श्री कृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला समिति काभ्रे द्धारा यो बिशाल कार्यक्रमको आयोजना गरिएको छ ।
यस कार्यक्रमको विशेष उद्धेश्य भनेको साम्प्रदायिक सद्भाव ,सहिष्णुता ,एकता र विश्वमानवमा प्रेम भाव फैलाई विश्वभरि हिन्दुत्वको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको छ । अर्को उद्धेश्य भनेको प्रणामी धर्मको दिगो विकासको निमित्त इकाई स्तरमा धर्म प्रचारको निमित्त स्कुल ,कलेज , वृद्धाश्रम ,मठमन्दिर ,हस्पिटल जस्ता मानव हितका संसाधनको निर्माणको पनि मूल उद्धेश्य छ । यस्ता धार्मिक ,सामाजिक ,मानविय कार्य गर्दै समाजको उन्नति ,प्रगति ,हित र सबै प्रकारको दृष्टिमा समुन्नत समाजको परिकल्पना गर्दै लक्ष्य प्राप्तिमा हामी दृढ र प्रतिबद्ध छौ ।
अताएव यस्ता कार्यमा यो जिल्लाबासी लगायत सबै मानव समुदायले हाम्रो काँधमाा काँध मिलाएर हातेमालो गर्दै अगाडि बढ्न सबै प्रकारका सहयोग पु¥याएर हामीलाई सहयोग गर्नुहुने छ भन्दै अन्तमा सबैमा,प्रेम प्रणाम
दुव्र्यसन त्यागौ सेवा मुखी बनौ भन्ने महान अभियान बोकेर २०४७ सालमा स्थापना, पारम्भिक समिति काभे जिल्लामा १६ वटा रहेको, विभिन्न देवी मन्दिरमा पशुवली प्रथा अन्त्यको निमित धार्मीक एवम् सामाजिक अभियान सञ्चालन गदै आइरहेको । विभिन स्थानमा रतmदान लगाएत निशुल्क स्वाश्थ्य शिविरहरुको सञ्चालन गदै रहेको । शाकाहारी वनौ भन्ने अभियानमा सामाजिक गतिविधि सञ्चान गरिरहेको, दैविप्रकोप,विपति,शितलहरु,एवम चिसो को कारणले पिडित मानिसहरुाई प्रभावित स्थलमा नै गएर सहयोग गदै आइरहेको । दिन दुःखीको लागि निशुल्क शाकाहारी भोजन सेवा सञ्चान गदै आइरहेको ।
प्रत्येक हप्ता निशुल्क माजैन सेवा ,सार्वजनिक एवम विभिन्न मन्दिरहरुको शाकाहारि अमियान चलाइरहेको ।
विभिन्न सामाजिक सभा समारोहमा स्यंम सेवा सञ्चान गदै आइरहेको ।
युवा वर्गलाई लाइित विविध सामाजिक तथा मानविय हितको कार्य गदै आइरहेको ।
श्री कृष्ण प्रणामी जिल्ला बाईजुराज महिला समिति मिति २०६२ सालमा स्थापित भई निरन्तर रुपमा अहिलेसम्म सामाजिक एवंम धार्मिक कार्यहरु गर्दै आईरहेको छ ।
सुरुको कार्यकालमा श्री मधु शर्मा र रीता अधिकारी ज्यूले निकै लामो संघर्ष गरी समितिलाई मजबुत बनाउने काम गर्नुभएको छ । उहाँहरुले पहिल्याउनु भएको बाटोमा लाग्दै प्रणामी धर्मको विकास ,सम्बद्धन एवंम प्रबर्धन गर्नको लागि यस्ता खालका धार्मिक एवंम सामाजिक गतिविधिहरु हुन आवश्यक छ । शिक्षित दिदिबहिनीहरु घरको चुलोचौकोमा मात्र सिमित नभई यी र यस्तै खालका विभिन्न सामाजिक क्रियाकलापमा सहभागि भई व्यक्ति ,परिवार समाजको परिवर्तनको लागि नियम ,निष्ठा र आचरणमा रहेर सेवामुलक कार्यमा अग्रसर हुने चाहना यस धर्म जागनी महोत्सवले सबैमा प्रदान गरोस् भन्ने शुभभावना व्यक्त गर्न चाहान्छु । 







