असोज ९,

सिन्धुली जिल्लामा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष श्री प्रल्हाद दाहालज्यूको प्रमूख आतिथ्यतामा सिन्धुली जिल्लामा रहेर दुग्ध उद्योग उद्यमीहरुको भेलाबाट निम्न उल्लेखित ९ सदस्यीय समिति गठन गरिएको छ । समितिमा अध्यक्ष बलराम अधिकारी, उपाध्यक्ष लिला बहादुर मगर, सचीव देब कुमारी कार्की, कोषाध्यक्ष उषा ढकाल र सदस्यहरुमा गणेश बहादुर थापा, प्रयागराज खतिवडा, मान बहादुर खत्री, कृष्णजि बि।क र दलुराम गौतम चयन हुनु भयो। नयाँ चयन भएका पदाधिकारी एवं सदस्यहरुले नेपाल डेरी एसोसिएसनको निर्देशनमा दुग्ध क्षेत्र विकासमा टेवा पुग्ने काम गर्ने र सिन्धुली जिल्ला एक नमुना जिल्ला बन्ने कुरा बताउँदै नयाँ चयन सम्पूर्ण कार्य समितको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै आउने दिनमा सदा एसोसिएसनको सहयोग रहने कुरा उपाध्यक्ष दिप प्रसाद धमलाले बताउनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य रविशरण थापा र हुद्वराज तिमल्सिनाको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष दाहालले नव निर्वाचित समितिलाई प्रमाणपत्र बितरण गर्दै जिम्मेवार भएर काम गर्न सफत समेत गराउनु भयो । नवनिर्वाचित अध्यक्ष बलराम अधिकारीले आफू केन्द्रसँग सधैं जिम्मेवार रहने र सिन्धुलि जिल्ल्लाको दुग्ध पेशाको हक हितमा सदा लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गरियो ।