गित संगीत बिनाको जीवन अकल्पनीय छ-सुमि ढकाल,गायिका



काभ्रेको मण्डनदेउपुर–६ सिपाघाटकी सुमि ढकाल पछिल्लो समय गित संगीतमा लाग्नुभएको छ । उहाँले स्वर दिनु भएको सिमसिम पानी.. बोलको गित दर्शक श्रोता माझ चर्चामा रहेको छ । आफ्नो जीबन गितसंगीत बिना कल्पना सम्म गर्न नसक्ने बताउने उहाँ सानै उमेरदेखि गितसंगीतमा चासो राख्ने गर्नुहुन्थ्यो । उहाँले ल्याउनुभएको सिमसिम पानी बोलको गित दर्शकश्रोताले निकै मन पराएका थिए । आफ्नो पहिलो गितकै राम्रो सफलता र माया सँगै नयाँ गित ल्याउने तयारीमा रहनु भएकी सुमी सँगको छोटो कुराकानी ः
सिमसिम पानी बोलको गित गाउनु भएको छ यो कस्तो खालको गित हो ?
यो काठे भाकाको गित हो, दर्शक श्रोताका लागी मनोरञ्जन दिन र केहि सन्देश दिनका लागी तयार पारिएको हो ।
यो गितमा क–कस्को संलग्नता छ ?
शब्द डि.वि खड्का, लय राजेन्द्र भण्डारी, स्वर कृष्ण खड्का र सुमि ढकाल को तथा एरेन्ज विष्णु तामाङ, कोरियोग्राफर अमोन राना, छायांकन सागर गौतम, सम्पादन रोशन धिताल, निर्देशन मिलन श्रेष्ठ र अभिनय सञ्जीव ठकुरी र रिना थापा मगरको रहेको उक्त गीतको भिडियो लाई मेनुका डिजिटल प्रालिले बजारमा ल्याएको हो ।
यो क्षेत्र किन रोज्नु भयो ?
सानो वेला देखि नै धेरै गीत संगीत मनपथ्र्यो सधै गुनगुनाउने गर्थे र जहिले पनि यो क्षेत्रमा लागेर गायिका बन्ने ठुलो इच्छा थियो । साँच्चै भन्नुपर्दा चाहानानै यहि थियो । म मेरो जीबन गीतसंगीतबिना कल्पना सम्म गर्न सक्दिन । गीतसंगीतको माध्यमबाट आफु आफ्नो परिवार मात्र नभएर सम्पूर्ण समाज र राष्ट्रलाई नै मौलिक गीसंगीतको विकास र प्रवद्र्धनबाट सबै सामु परिचित गराउन चाहान्छु ।
गित संगीत को भविष्य कस्तो देख्नु भएको छ ?
गित संगीत बिनाको जीवन अकल्पनीय छ । गीत संगीतले हाम्रो जीबनको हरेक अवस्थामा साथ दिन्छ । गीत संगीतले मान्छेको मन भुलाउने र दुःख सुःखको साथि भएकोले जुनसुकै कुना कन्दरामा पनि गुञ्जिरहने भएकोले भविष्य राम्रो देखेको छु ।
तपाईलाई भविष्यमा गएर कस्तो गायिका बन्न मन छ ?
पक्कैपनि गीत संगीत र कलाकारिताको क्षेत्रमा लाग्नुहुने सम्पूर्णको चाहना सम्पूर्ण दर्शकश्रोताको माया, सल्लाहसुझाव र साथ सहयोगको अपेक्षा हुने गर्दछ म पनि यस क्षेत्रमा नयाँ रहेकोले मेरा गीतसंगीतलाई सम्पूर्णले माया गरिदिनु भई एउटा सफल गायिकाको रुपमा आफुलाई परिचित गराउने इच्छा छ । साथै गीतसंगीतको क्षेत्रमा निरन्तर रुपमा लागेर गीतसंगीतमा समर्पित गायिकाको रुपमा आफुलाई भविष्यमा देख्न चाहान्छु ।
पहिलेको गितसंगीत र अहिलेको गितसंगीतमा धेरै फरक देखिन्छ, के अहिलेको गितसंगीतमा धेरै विकृति आएको होइन ?
पहिलेको गीतसंगीत र अहिलेको गीतसंगीतमा धेरै नै भिन्नता आएको छ । सामाजिक, साँस्कृतिक चालचलन एवम् परिवर्तनका कारणले यस्तो हुने गर्दछ तर पनि आफ्नो मौलिकता र सँस्कृतिको जर्गेना गर्दै गीतसंगीतमा अगाडि बढेमा विकृति देखिदैन । गीत संगीतले सधै तत्कालिन समय, परिस्थितिको परावर्तन गर्ने भएको हुँदा कतिपय अवस्थामा गलत नहुन पनि सक्छ ।
भावि योजना के छ ?
अबको जीवन गीत संगीत मै बिताउने इच्छा छ । अब चाडै नयाँ एल्बम् आउदै छ ‘तिम्रै फोटो सजाछु मनमा तिमी बाहेक कोहि छैन जीबनमा’ बोलको गीत मेरै लय शव्दमा रहेको गीत एरेन्ज भइसकेको छ । बजारमा छिटै आउने तयारीमा छ अझै पनि नयाँ नयाँ गीत संगीत लिएर आउने तयारीमा छु ।
दर्शक श्रोतालाई के भन्न चाहानुहुन्छ ?
मेरो पहिलो गीत सुन्नुभएकै होला यदि सुन्नुभएको छैन भनेपनि युट्युबमा गएर मेनुका डिजिटल प्रालि सिमसिमपानी सुमी ढकाल, कृष्ण खड्का सर्च गरेर हेर्नुहोला, कस्तो लाग्छ सल्लाहसुझाव दिनुहोला । हजुरहरुकै साथ, माया, हौसला पाएर नै मलाई अगाडि बढ्ने प्रोत्साहन मिल्ने छ । हजुरहरुको माया, साथ र हौसलाको अपेक्षा गरिरहने छु । –नव क्षिति ज साप्ताहिकबाट

 

 

प्रतिक्रिया दिनुहोस्