पछिल्लो समय कला क्षेत्रमा चलेको नाम हो सिम्रन दुलाल (कुसुम) । बिशेष गरी मोडलिङ क्षेत्रमा उनको राज छ । बुवा गोपि कृष्ण दुलाल र ममी लेखादेवी दुलालको कान्छी छोरीको रुपमा लिल्ला मात्तिम गा.वि.स.–९, नौलाखर्क, खोटाङमा जन्मिएकी सिम्रन दुलालसँग तिन दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरेको अनुभव छ । राष्ट्रिय सङ्गीत कर्मी संघ भक्तपुर जिल्ला अध्यक्ष, लोक सांस्कृतिक प्रतिष्ठान नेपालकी केन्द्रिय कोषाध्यक्ष र डाइमण्ड म्युजिक अवार्डकी अध्यक्षसमेत रहेकी कुसुमसँंग आर्यन बजगाईले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।
० कहिलेदेखि यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
यो क्षेत्रमा म सानै देखिनै लागेको हो म ५३ सालमा जमिएको मेरो प्राथमिक तह मैले मेरै जन्मस्थान मातिम मै पढेकि हुँ मेरो बुबा मैले पड्ने विद्यालय कै शिक्षक हुनु हुन्थ्यो । सानैमा म घरकी कान्छी छोरी सबैकी प्यारि थिए । मेरो काम भनेको विद्यालय जानि फुर्सदमा गित सुन्ने रेडियोमा, अनि नाच्ने रेडियो कार्यक्रममा कलर को रुपमा फोन गर्ने र बिद्यालयको हरेक कार्यक्रममा भाग लिने गा।वि।स।ले आयोजना गर्ने हरेक कार्यक्रममा बुबा मास्टर भएपछि बुबालाई निमन्त्रणा हुन्थ्यो म पनि झन जान आउन बुबा साथि जस्तै हुनुहुन्थ्यो कुनै कार्यक्रम छुटाउदैन थे । पछि बसाइ सराइको क्रममा इटहरी तरहरा आइयो मैले इटहरीमा डान्स सिके केहि महिना तर ब्यबसाहिक रुपमा काम गर्ने अबसर भने कक्षा १२ सम्मको पडाइ सकेपछि जब म काठमाडौ आए तत्पश्चात मात्र म्युजिक भिडियो खेल्ने अबसर पाइयो । आज भन्दा ७ बर्ष अघि मात्र म्युजिक भिडियो खेले र अहिले पनि पढ्दै छु त्यसैले भने जति आएका म्युजिक भिडियो अझै खेल्न पाउदिन । कहिले सन्चो नभएको बेला अफर आउनी कहिले आफ्नो परिक्षा चलेको बेला गित खेल्न अफर आउनि कुनै गित काठमाडौ बाहिर लोकेसन पर्नि तेस्तै तेस्तै कारणले भने जति गित खुलेर खेल्ने समय अझै छैन तै पनि आफुलाई चित्त बुझेको राम्रो हुन्छ जस्तो लागेको गित लाई समय मिलाउछु र आफ्नो समय अनुकुल मिलाएर खेलिनै रहेकि छु, मैले खेलेको गितहरुले सफलता हासिल नै गरेका छन ।
० यो क्षेत्रमा आउनु अघिको तपाईको जीवन ?
यो क्षेत्रमा आउनु अघि म कुसुम मात्र थिए, अहिले साँगितिक क्षेत्रमा मेरो आगमन पश्चात मोडल, कलाकार सिम्रन दुलाल ९कुसुम० भनेर सबैले चिनेका छ्न, सबैले माया गर्नु भएको छ । सबै दर्सकले मन पराइदिनु भको छ, यस क्षेत्रमा मैले सोचे भन्दा बढि मैले कर्म गरेको भन्दा पनि बढि सफलता प्राप्त गरेकी छु ।
० आएपछिको उपलब्धी ?
यो क्षेत्रमा जब म म्युजिक भिडियो खेल्न सुरु गरे आज सम्म पछाडि फर्कनु परेको छैन । मेरो जन्म मध्यम परिवारमा भएपनि मेरो यस क्षेत्रमा आगमनले मेरो परिवारमा खुशि छाएकै थियो । भाग्यले मेरो बुवा। ममि। भाई, दिदि देश बाहिर हुनुहुन्छ मलाई खर्चको कुनै समस्या पर्दैन मेरो परिवारले सबै ब्यबस्थापन मिलाइ दिनु भएको छ । आजसम्म पनि तर मेरो आफ्नो कलाकारिता क्षेत्रबाट आएको कमाई मैले घर खर्च गर्नु पर्दैन मेरो कमाइको केहि अंस चै मैले सामाजिक क्षेत्रमा खर्च गर्ने गरेकि छु । बाकि मेरै बैक खातामा जम्मा गर्छु मेरो परिवारको कमाइ र मेरो ब्याक्तिगत कमाइ हेर्दा अहिलेको चलेको कलाकार हरुको भन्दा मेरो धेरै माथि छ, म एक्दमै सन्तुष्ट छु ।
० यही क्षेत्र रोज्नुको कारण ?
यहि क्षेत्र रोज्नु मेरो बच्चैदेखि म कलाकार बन्ने ठुलो रहर, मेरो रुप र मेरो हाइट देख्दा मेरा साथिभाई हरुले सधै कति अग्लि यो त हिरोइन बन्छे पक्कै भनेर जिस्काउथे अनि म आफै पनि भन्थे पख म कुनै दिन कलाकार नै बनेर तिमिहरुलाई देखाउछु भन्थे यहि कारण मेरो आफ्नै इच्छा भगवानले पनि पुरा गर्दिनु भयो ।
० यो क्षेत्रमा जम्न कतिको सजिलो छ ?
यो क्षेत्रमा जम्न सबै कुरा मिल्नु पर्छ, पहिला त आफ्नो मेहेनत अनि काम गर्ने र आफ्नो व्यबहार हो, यस क्षेत्रमा लाग्नु भएको अग्रज कलाकारहरु सँगको चिनजान र सबै भन्दा ठुलो आफ्नो व्यबहार नै ठुलो कुरा हो अग्रजलाई सम्मान समकालिन र नब कलाकारलाई हौसला अनि आफुले गर्न सकिने आर्थिक नैतिक सहयोग नै हो सबै कुरासँग घुल मिल र ब्यबहार राम्रो भयो भने जम्न सकिन्छ । मैले पछिल्लो समयमा नियमित काम पनि गरेकै छु विभिन्न मेला महोत्सव र सांगीतिक कार्यक्रमहरुमा अन्य कलाकारसँग संगै स्टेज पनि पाएकै छु सबैभन्दा ठुलो आफ्नो मेहेनत हो मेहेनत गर्न सक्यो भने अबस्य जम्न सहज छ ।
० यस क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?
यो क्षेत्रमा लागेर कर्म चै गर्नु पर्छ बाच्न सकिन्छ किन नसक्नु, दशौ हजार बाच्नु भएको छ किन नसक्नु समयलाई चिन्न सक्नु पर्यो । म कस्तो परिवार र कस्तो संस्कारबाट आको हु र मेरो जिम्मेवारी के हो मैले समाजलाई के दिनु पर्छ र मैले गर्ने कर्मले भोलि कस्तो प्रभाब पर्छ त्यो कुरा चै भुल्नु भएन अवस्य बाचिन्छ । नाचेर मात्र हुदैन परि आउदा गाउन पनि सक्नु पर्छ, अभिनय गर्न सक्नु पर्छ, एउटा मात्र कामले त अलि गारो होला कालान्तरसम्म टिक्न तर समय र उमेर अनुसार आफुलाई परिमार्जित गर्दै जादा बाचिन्छ, आज म मोडल छु भोलि स्वरले साथ दिदा गायिका बन्न सक्छु, चलचित्रमा अभिनय गर्न सक्छु, गित संगित संग सम्बन्धित कार्यक्रमहरु गर्न सक्छु । भोलिका दिनहरुमा बिभिन्न बिधामा तालिमका कक्षाहरु सञ्चालन गर्न सक्छु । आफै कुनै दिन निर्देशक बन्न सक्छु, निर्माता बन्न सक्छु तर कुनै न कुनै बिधा अंगाली रहनु पर्यो काम गरि रहनु पर्यो बाचिन्छ ।
० विकृतिहरु कतिका छन् ?
जुन सुकै काममा पनि पछिल्लो समय भएको बिकाससंगै धेरै बिकृति छन तर तेस्तालाई आफुले चिन्न सक्नु पर्छ मैले भने मेरो जिम्मेवारी केहो र मैले समाजलाई के सन्देश दिनुपर्छ भन्ने बुझेर काम गर्नु पर्छ, क्षणिक चर्चामा आउन अनेकौ हर्कत गरेको देख्छु तर आजसम्म मलाई न तेस्तो गर्नु परेको छ न कुनै दिन गर्छु ।
० प्रतिस्पर्धा ?
प्रतिस्पर्धा मेरो अरुसँग छैन म आफै संग छ र आफै सँग गर्छु, पुरानो काम भन्दा नयाँ काम कसरी राम्रो गर्न सक्छु भन्ने नै हुन्छ अरुसँग मेरो कुनै प्रतिस्पर्धा छैन ।
० यस क्षेत्रका समस्या के छ र समाधान कसरी देख्नुहुन्छ ?
यस क्षेत्रमा समस्या धेरै छ्न, अनेकौ समस्या एउटा ब्यक्तिले चाहेर समाधान गर्न सक्दैन राज्यको निति अलि राम्रो छैन कलाकार कलाकार भित्रै भिन्नता छ । ठुलो चलचित्रमा जोडिनु भएको कलाकार र गित संगित र मोडलिङमा जोडिनु भएको कलाकार चलचित्र क्षेत्रमा भैपरि आउने धेरै समस्याहरू चलचित्र बिकास बोर्ड छ । तेसैले केहिन केहि मापदण्ड बनाउछ र समस्या समाधान को बिकल्पहरु खोज्छ तर गित संगित संग सम्बन्धी धेरै समस्याहरु छन, पहिलो त कलाकारलाई राज्यले कुन स्थानमा राखेको छ र कसरि हेर्छ र लिन्छ भन्नेनै हो तर हामि गित संगितमा जोडिएका कलाकारहरुका धेरै समस्याहरु छ्न तिनको दिर्घकालिन समाधानको लागि संगित बिकास बोर्ड बन्न सक्यो भने धेरै समस्याहरु समाधान निस्कन्छ्न जस्तो लाग्छ ।
० आगामी योजना ?
आगामी योजना नेपाली गितसंगितमा निरन्तरता कायम राख्ने यसैसँग सम्बन्धित विभिन्न कामलाइ गर्न सकुन्जेल सत कर्म गरिरहने इच्छा छ ।
० जीवन ?
जिवन त भोगाई हो आफुले जस्तो कर्म गरिन्छ तेस्तै प्रतिफल प्राप्त हुन्छ, मैले कस्तो कर्म गरिराछु उस्तै भोग्दै जाने हो ।
० प्रेम ?
प्रेम भनेको कुनै पनि व्यक्ति, प्राणी तथा विचार उपर विस्तार हुने भावनात्मक एवं आत्मिय सम्बन्धको परिधि हो । प्रेम मजबुत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो ।
० कलाकारिता ?
कलाकारिता समाजको ऐना हो हामिले जस्तो गर्छौ, समाजले तेहि सिकिरहेको हुन्छ, यो समाजलाई कता तिर लाने हामिले के सिकाउछौ समाज ले तेहि सिक्छ ।
० अन्तमा केही भन्नु छ ?
नेपाली मौलिक गित संगित लाई माया गर्दिनुस । हाम्रो मौलिक गित संगित हाम्रो पहिचान हो । यसको संरक्षण सम्बर्धन, प्रवर्धन गर्नु हामी सबैको दायित्व हो, राम्रो कामलाई हेरेर खुलेर प्रशंसा गर्दिनु होला । काम गर्ने क्रममा कहि कतै बाटो बिराएछु भने सहि सल्लाह सुझाब दिनुहोला यत्ति भन्न चाहन्छु । –नव क्षितिज साप्ताहिकबाट









