विश्व स्कुल दुध दिवसको पेरिफेरिमा रहि नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलासँग लिइएको अन्तर्वार्ता ।

० नेपालमा कहिलेदेखि स्कुल दुध दिवस मनाउन थालिएको हो ?

यो विश्व स्कुल दूध दिवस सर्बप्रथम सन् २००० सेप्टेम्बर महिनाको अन्तिम बुधबारदेखि मनाउन शुरु गरियको रहेछ । नेपालमा चाहिँ नेपाल डेरी एसोसिएसनले बिक्रम सम्बत् २०७२ सालदेखि मनाउन शुरु गरेको हो । अहिले देशै भरि सबै सरोकारवालाहरु मिलेर मनाउन थालिएको छ । यो एकदम राम्रो कुरा हो ।

० विश्व स्कुल दूध दिवस मनाउनुको उदेश्य के हो ?

दूध हाम्रो मौलिक र पूर्ण पौस्टिक आहार हो । दुधको सेवन भगवानको पालादेखि नै गर्दै आएको पाइन्छ । झन् हाम्रो संस्कारमा त नभै नहुने अति महत्वपूर्ण खाद्य पदार्थ हो । यति हुँदा हुँदै पनि हामीले सबैलाई यसको महत्व बुझाउन सकेका छौनौं । दुधको महत्व बुझाउन अभियन नै चलाउन सके अझ राम्रो हुन्छ । वास्तबमा हामीहरुले दुधको मत्वको बरेमा स्कुलका कार्यक्रममा, पाठ्य सामग्रीमा अनिवार्य समाबेस गरिनु पर्छ । त्यो हुन सकेको छैन । तर मानव जिवनमा दूध कति महत्वपूर्ण छ र आर्थिक क्षेत्रमा यसले कति महत्वपूर्ण भुमिका खेलेको छ अनि विशेष गरि स्कुलमा पढ्ने बालबच्चालाई दूध अति महत्वपूर्ण खाद्य पदार्थ हो भन्ने महसुस गरि संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि बिभागले सन् २००० देखि स्कुल दुध दिवस मनाउने घोषणा गरेको हो । यसले दुग्ध क्षेत्र र मानव जातिको लागि ठूलो महत्व राख्दछ ।

० बिगत १० बर्षदेखि नेपालमा स्कुल दूध दिवस मनाउँदै हुनुहुँदो रहेछ, यस वर्षको विशेष कार्यक्रम के छ ?

हामीले नेपालमा विश्व स्कुल दूध दिवस मनाउन थालेको १० वर्ष भयो । प्राय जसो हामीले यसलाई कहिले दूध सम्बन्धी कबिता वाचनको आयोजना गरि, कहिले दुधको महत्वको बारे निबन्ध लेखन प्रतियोगिता गरि त कहिले विभिन्न स्कुलामा दूध पान गराएर एक दिने कार्यक्रम गरि मनाउने गरिन्थ्यो । यसपटक चाँहि यसलाई अनि फरक तरिकाले ब्यापक्ता दिने हिसाबले साता ब्यापि कार्यक्रम आयोजना गरि मनाइदै छौं । यो नितान्त हामी दूध ब्याबसायीले आफ्नो निजि खर्चमा मनाउँदै आएका हौं । के यो सरकारको दायित्वभित्र पर्दैन ? अब आउने वर्षबाट सरकारले यसलाई बजेट छुट्टाई भब्य रुपमा मनाउनु पर्छ भनि दबाब दिनैका लागि भए पनि यसपलि हामीले यो कार्याक्रम सप्ताह ब्यापी रुपमा मनाउन गैरहेका छौ । यसै सिलसिलामा पहिलो दिन पत्रकार सम्मेलन गरियो । दोस्रो दिन स्कुलमा दूध सम्बन्धि जनचेतना कार्यक्रम गरियो । तेस्रो दिन बृद्दाश्रममा दूध तथा दुग्ध पदार्थ बितरण गरियो । चौथो दिन दुधको विषयमा बताउँदै स्कुलमा दूध पान गरियो । पाँचौ दिन दूध क्षेत्रका सरोकारवालासँग बसि छलफल गरियो । छैठौं दिन दुग्ध बिकास बोर्डका कार्यकारी निर्देशकको प्रमुख अतिथ्यतामा दिब्य ज्ञान स्कुल डल्लुमा भब्य तरिकाले दूधपान कार्याक्रम गरियो । सतौ दिन कृषी तथा पशुपन्छि मन्त्रालय , उद्योगवाणिज्य माहासंघ , दूध बिकास बोर्ड , लगायत सम्पूर्ण सरोकारवालाहरुको रोहबरमा कार्यक्रम समापन गरिने छ ।

० नेपालमा हाल दुग्ध क्षेत्रको अवस्था कस्तो छ ?

समग्रमा दुग्ध क्षेत्र आत्मनिर्भर उन्मुख छ । ८० प्रतिशत हामी आत्मनिर्भर भैसकेका छौं । दैनिकी ६२ लाख लिटर दूध उत्पादन हुन्छ । त्यस मध्ये ५० प्रतिशत दूध ग्रामिण क्षेत्रमा खपत भएको छ या बिक्रि हुन सकेको अवस्था छ । शहरमा आउने ५० प्रतिशतमा पनि ३३ प्रतिशत खुल्ला रुपमा होटेल, मिठाई पसल र साना डेरीहरुले खपत गरेका छन् भने १७ प्रतिशत मात्र उद्योग तहमा प्यकेजिङ र लेबलिङ भएको पाइन्छ। यसबाट के प्रष्ट हुन्छ भने हामी आधुनिकरण र प्रबिधिमा धेरै पछि छौं । जसले गर्दा बिदेशी उत्पादन नेपाल भित्र्याउने क्रम बढिरहेको छ । हाम्रो उत्पादनले नपुगेर हैन बाहिरी उत्पादनमा उपभोक्ताको आकर्षण बढेकोले हो। हामी ब्राण्डिङ र आकर्षक उत्पादनमा आत्मनिर्भर हुन नसकेको भने पक्कै हो। सरकारले राम्रा नितिहरु ल्यादिने हो भने हामी निकट भविष्यमै आत्मनिर्भर हुन सक्दछौं । बर्तमान अबस्थामा भने हामी जटिल अबस्थामा छौं। विभिन्न कारणले गर्दा गत एक वर्षदेखि दूधजन्य पदार्थ जति खपत हुनु पर्ने हो त्यति खपत हुन् नसकेकोले धेरै उद्योगसँग धुलो दूध र नौनी ठूलो परिणाममा स्टक रह्यो । धुलो दूध करिब करिब खपत भैसके पनि नौनी खपत हुन सकेको छैन । यो समस्या सामाधानको लागि पटक पटक सरकारसँग छलफल पनि भैरहेको छ । हाम्रा उत्पादन अन्य देशकोभन्दा मँहगो भएकोले बिदेशमा पठाउन सकेका छैनौं । यसको लागि सरकारले विशेष पहल र आवश्यक सहयोग गरिदियोस् भन्ने आग्रह गर्न चान्छौं। राम्रोसँग दुध बजारमा खपत हुन नसक्दा र सामान स्टक भएकै कारण किसानको भुक्तानी समयमा हुन नसकेको कुरा सबैले बुझ्न आवश्यक छ । डेरी उद्योगले सकेर पैसा नतिरेको भने पक्कै होइन ।

दुग्ध ब्याबसायलाई आत्मनिर्भर बनाएर सफल बनाउन सरकारले कस्ता नीति ल्याइदिँदा डेरी उद्योग थप सफल हुन सक्ला त ?

कुनै पनि क्षेत्रको प्रगति र राष्ट्रको उन्नतिको लागि सरकारको नितिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। हाम्रो जस्तो कृषि प्रधान देशमा कृषि उत्पादन बाहिरी देशबाट ल्याउनु भनेको सा¥है दुखद् कुरा हो । दूध लगायत सम्पूर्ण कृषिमा आफ्नो र देशको भबिष्य खोज्ने उद्यमीहरुलाई बिना ब्याजमा आवश्यक पुँजी उपलब्ध गराउनु पर्छ। बिजुली निस्शुल्क वा केहि छुटमा उपलब्ध गराउनु पर्छ । बिउ बिजनदेखि प्रबिधिमा सहजिकरण गरिदिनु पर्छ । आवश्यक परेका सबै किसिमका सुविधा दिनुपर्छ । यति गरिसके पछि किसानहरुले प्रशस्त मात्रामा उत्पादन गर्न सक्छन् । यहाँ उत्पादन गर्नु मात्र ठूलो कुरा हैन । किसानले उत्पादन गरेको बस्तु उत्पादन लागतमा बिक्री हुन नसकेर किसान पुरै थला परेका छन् । उत्पादित बस्तु बिक्रीका लागि सुनिश्चित हुन जरुरी छ । जबसम्म उत्पादनको जिम्मा लिने निकाय हुँदैन तबसम्म उत्पादन पनि बढाउन सकिँदैन र
आत्मनिर्भर पनि हुन सकिँदैन । राम्रो र सस्तोको पछि लागेर कृषि उत्पादन बिदेशबाट ल्याउने हो भने निकट भबिष्यमा नै हामी ठूलो खाद्य संकटमा पर्न सक्छौं ।

० अन्त्यमा उपभोक्तालाई के भन्न चाहानु हुन्छ ?

दुधको बारेमा चर्चा परिचर्चा जताततै भैरहेकै छ । दूध मानब जिवनको लागि अमृत समानको खाद्य पदार्थ हो भन्ने कुरा विश्व खाद्य संगठनले प्रमाणित गरिसकेकोले यसमा मैले थप पुष्ठि गरिरहनु पर्दैन ।सबै उपभोक्ताहरुले आ(आफ्नो हैसियत अनुसार सबैले दुग्ध पदार्थ सेवन गरौं । सबैले सधैं घिउ ,मिठाई, चिज, पनीर खान नसक्लान तर हामिले बाहिरी जंक फुडमा हुने खर्च मात्र कटाउने हो भने दैनिक एक गिलास दूध, दहि वा मही खान सबैलाई पुग्छ । दहि दूध लगायत स्वदेशी मौलिक उत्पादन उपभोग गर्नु भनेको आफ्नो आबाश्यक्ता पूरा गर्नु मात्र हैन । देशको ठूलो धनराशी बाहिरिनबाट रोक्नु पनि एउटा महत्वपुर्ण कार्य हो । आफ्ना बच्चालाई कुन खाने कुरा खुवाउने, कस्तो खानेकुराको बानी बसाल्ने र कुन खाने कुराले के फाइदा गर्छ भन्ने कुरा प्रत्येक अभिभावकले बुझ्न जरुरी छ। अधिकाशं बच्चाहरुले संस्कार, खान पिन लगायत जे जति ज्ञान पाउँछन् त्यो सबै घरका अभिभावक र स्कुलका शिक्षक , शिक्षिकाबाट नै पाउने भएकोले विश्व स्कुल दुध दिवसको प्रचार प्रसार पनि स्कुल तहबाट नै गर्ने अभियान चलाएको रहेछ र त आज हामी यो स्कुल दूध दिवस मनाउन पाएका छौं। आम नेपाली उपभोक्ताले निर्धक्क भएर नेपाली बजारमा पाइने दुध तथा दुग्ध पदार्थ सेवन गर्दा हुन्छ भन्न चहान्छौं । आशा छ सबै सरोकारवाला र दुग्ध क्षेत्रका अग्रजहरुले डेरी क्षेत्रको वास्तविक समस्या बुझ्नु हुने छ र अगाडि बढ्नु हुनेछ । अन्त्यमा विश्व स्कुल दुध दिवसको हार्दिक शुभकामना ब्यक्त गरिन्छ ।