काभ्रेपलान्चोक जिल्लाको कात्तिके देउराली –३ मा जन्मनुभएको सञ्चारकर्मी तथा गायक शरण हुमागाईं आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । गित गाउन आफैंमा गाह्रो छ तर तर आफू सँग राम्रो कला भयो भयो भने सबै दर्शक सामु त्यो कला प्रस्तुत गर्न सकियो भने दर्शक श्रोताले सहि मुल्यांकन गर्ने छन । यस्तै निकै मेहनत गरेर गायक क्षेत्रमा लागेर अहिले तहल्का पिटनु भएको छ गायक शरण हुमागाईंले उहाँको हास्ने खेल्ने गितले निकै चर्चा कमाएको थियो । प्रस्तुत छ सञ्चारकर्मी तथा गायक शरण हुमागाईंसँग नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले गरेको कुराकानी ः

० आज भोलि केमा ब्यस्त हुनु हुन्छ ?
त्यस्तो त खासै व्यस्त छैन । आफ्नै दैनिक कामकाज अनि गीत संगीत भनेर नै दिनहरु वितेका छन अचेल ।
० सुरुका दिनहरुको बारेमा बताउनुहोस न कसरी कलाकारिता क्षेत्रमा लाग्नु भयो ?
पहिला त कलाकारितामा लाग्छु होला भन्ने आफूलाई पनि लागेको थिएन । खासमा भन्ने हो भने म लहै लहैमा कलाकारितामा होमिएको थिएँ । रेडियोबाट बज्ने गीत सुन्दा चै म पनि कलाकार बन्न पाए हुन्थ्यो भन्ने रहर जाग्थ्यो । गाउँबाट शहर केन्द्रित भएपछि यतातिर झुकाव अलि बढदै गयो । खासमा चाँहि आफुले चिने जानेका र आफु सरहका साथीहरुले गीत गाएको देखे पछि म पनि गाउँछु भनेरै गाउन थालेको हुँ ।
० अहिलेसम्म कति गीत गाउनुभयो ?
म पछिल्लै समयमा यो क्षेत्रमा लागेकोले त्यत्ति धेरै सृजना गरेको छैन । सृजनाका हिसावले अहिलेसम्म नौ ओटा गीतमा सहकार्य भयो । गायनका हिसावले हेर्दा सात ओटा गीत गाएँ । यस मध्ये शव्द चार ओटामा, लय चार ओटामा दिएको छु । मेरो जुनको ज्योति घामको घमाईले, चञ्चले नानी, यसपालि दशैमा, जाउँ हिड सरर काभ्रे घुम्नलाई, खुसी लेर आउनेछ परदेशी, हाँस्ने खेल्ने निरकमल मायाको बेलै हो…..लगायतका गीत बजारमा छन् । यस्तै लाग्यो असार भन्ने गीतमा पनि आवाज भरेको छु भने घर हाम्रो तीन घरे र खोली तिरैमा भन्ने गीतमा पनि मेरो सहकार्य रहेको छ ।
० कस्तो खालको गीत बढी गाउनुहुन्छ ?
सबै खाले गीत गाएको छु । विरह लाग्दा अनि माया पिरती सबैमा मेरो उपस्थिती छ ।
० गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
कुन सन्दर्भको सन्तुष्टी सोध्नु भो त्यो त मलाई थाहा भएन तर पनि यो क्षेत्रमा कुनै पनि हिसावले सन्तुष्ट हुन सक्ने अवस्था जस्तो सुकै मै हुँ भन्ने कलाकारले पनि छैन । मेरो आफ्नो कुरा गर्दा चाँहि मैले आम श्रोता दर्शकले चाहे जस्तो सृजना दिन सकेको छैन । निखारता अझै आफूमा छैन भन्ने लाग्छ । अनि व्यवसायिक हिसावले यो क्षेत्रको लगानी बालुवामा पानी हाले सरह छ । गीत संगीतलाई नियमन गर्ने निकाय छैन । जस्ले जस्तो गीत जसरी गाएपनि हुने अवस्था छ । यो मानेमा पनि म सन्तुष्ट छैन ।
० गायनबाटै बाँच्न सकिन्छ ?
मैले यस विषयमा अघि पनि कुरा उठाईसकेको छु । गायन पेशा अपनाएर बाँच्न सक्ने अवस्था छैन । नयाँ आउने गीत गाउन पाए कलाकार भनेर हिड्न पाइन्छ भन्ने रहर लिएर आउँछन अनि पुराना चाँहि आम श्रोता दर्शकले अव त फलानो कलाकार पलायन भयो भन्छन भनेर पनि गीत निकालीरहेका छन । तर प्रतिफल शुन्य । यहि पेशालाई व्यवसाय बनाएर स्टेजका कार्यक्रममा दर्शकलाई नचाउन सक्ने र पहुँचवाला केही केही कलाकार बाँच्न सक्ने अवस्था छ । तर त्यो पनि कहिलेसम्म हो थाहा छैन ।
० कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?
यो क्षेत्रमा लाग्न प्रेरणा भन्दा पनि म प्रेरित भएको हुँ । काँठ क्षेत्रमा प्रचलित गीतहरु गाएका अग्रज कलाकारहरु भोजराज काफ्ले, रेशम थापा, घमेश दुलाल, हरि थापा लगायतका गीत सुन्दा सुन्दै मलाई पनि रहर जागेको हो । गीत गाउँछु है भनेर रहर जागेपछि चाँहि मलाई भोजराज काफलेले डो¥याउनु भएको हो ।
० कस्तो गायक बन्न मन छ ?
सबै क्षेत्र र सबैले रुचाउने खालको गीत गाएर सर्बप्रीय बन्ने मन सबैलाई हुन्छ । केही अध्ययन र अभ्यासबाट राम्रो गरुँ भन्ने त अवस्य छ । हेरुँ, कस्तो बनिएला ।
० लोक गीत कस्तो होस् जस्तो लाग्छ ?
लोक गीत भन्ने वित्तिकै लोकले मन पराउने खालको हुनु पर्दछ । जनजीवनका कुराहरु होस चाहे त्यो आफ्ना संस्कृतिका कुरा हुन, चाहे ति आफ्ना सम्पदा र सभ्यता, रहनसहन कै कुरा किन नहुन, तिनीहरुलाई लोकको मनमा बस्न सक्ने लय बद्ध बनाएर सुहाउँदो स्वर भर्नु लोक गीत हो । अवस्यपनि यो भन्दा फरक किसिमको अनि अलग्यै अर्थ लाग्ने लोक गीत हुनु हुदैन भन्ने मेरो व्यक्तिगत धारणा छ ।
० बिबाह गर्नु भएको छ ?
हजुर, गरेको छु । मेरो एउटा छोरो पनि छ । उसलाई पनि यहि क्षेत्रमा झुकाव छ । एउटा दशैंको गीत गाएको पनि छ ।

० तपाईंले आफुलाई लायकको केटि हेर्नू पर्ने भयो भने कस्तो टाइपको हेर्नू हुन्छ ?
मैले आफू लायकको केटि पाईसकेको छु । अव तपाईको प्रश्नको जवाफ दिनु नै पर्छ भने चाँहि–यो क्षेत्रमा लाग्ने मान्छेको पहिलो समस्या भनेको घर परिवार हो । घर परिवारको सपोर्ट भएन भने घरमा रडाको पनि मच्चिन सक्छ । कहिले स्टुडियो, कहिले सुटिङ अनि कहिले कार्यक्रमहरु भई रहदा समयमा घर पुग्न सकिदैन । त्यो समयमा आफ्नो पेशाको समस्या आफ््नो मान्छेले बुझिदियो भने सहज हुन्छ ।

० रोमान्टिक गीत मात्रै बढी गाउनुहुन्छ किन ?
मैले सबै खाले गीत गाएको छु । झुकाव चाँहि मेरो कारुणिक गीतमा भएपनि आवद्धता चाँहि रमाईला गीतमा बढी छ । यो चाँहि श्रोता दर्शकको मागमा पनि भर पर्दो रहेछ । त्यहि भएर मात्र मेरो रमाईला गीत अलि बढी देखिएका हुन ।
० भाबी लक्ष्य के बनाउनु भएको छ ?
गीत संगीतको क्षेत्रमा यहि अवस्था र व्यवस्था रहे केही हुने वाला छैन । त्यसो त यसलाई मैले व्यवसायिक रुपमा पनि लिएको छैन । अव राज्यले पनि संगीतका क्षेत्रमा आँखा हे¥यो भने सोच्नु पर्ला ।

० जिबन के हो ?
जीवन त केवल संर्घष हो । तपाई जे गर्ने सोच गर्नुस त्यहाँ संर्घष अवस्य गर्नु पर्छ । सर्घषबाट कसैको जीवन शैली परिवर्तन भएको हुन्छ भने त्यो चाँहि जीवन हो ।

० पर्व विशेष गीत ठिक कि अरु गीत ठिक ?
सबैले उत्तिकै महत्व राख्छन । तर व्यवसायिक हिसावले हेदा पर्व विशेष भन्दा अन्य गीत नै ठीक हुन्छ .

नव क्षितिज साप्ताहिकबाट