हास्यव्यङ्ग्य क्षेत्रका एक नक्षेत्र-गोपाल ढकाल ‘छन्दे’


 

तनहुँ जिल्लामा जन्मनुभएको गोपाल ढकाल ‘छन्दे’ कलाक्षेत्रमा परिचित नाम हो । एस.एल.सि दिए पछि काठमाडौं आउनु भएको र १७ बर्ष देखि कलाकारितामा निरन्तर लागि रहनु भएको छ । तितो सत्य बाट उहाँ छन्दे भनेर चिनिने गरेको छ । टेलिश्रृङ्खला ‘बुद्धको पाइला’ बाट अभिनय थालका ढकाल पछिल्लो समय ठुलो पर्दाका फिल्म अभिनयमा ब्यस्त छन् ।

केही दिन पहिले धनगढीमा पिम नेपालले गरेको फिल्म फेस्टिवलमा समेत उत्कृष्ट हाँस्य अभिनेताको अवार्ड हात परेका यी कमेडी कलाकार गोपाल ढकाल छन्देसँग नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले गरेको छोटो कुराकानी ः

 

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
म आज भोलि स्टेज प्रोग्रामको साथ साथै टेलिसिरियल टेन्सन साफमा लेखन निर्देशन अभिनय सबै गरेको छु । यता तिर नै अलि ब्यस्त छु । लेखन कार्य पनि जारी छ । यस्तै हो कहिले कता प्रोग्राम हुन्छ कहिले कता पर्छ ।

० सुरुका दिनहरु बारे बताउनु होस ? कलाकारिता क्षेत्रमा आउन कतिको संघर्ष गर्नु पर्यो ?
सुरु सुरुमा कलाकारिता क्षेत्रमा आउन मलाई निकै गाह्रो भयो । कसरी गरिन्छ कसरी गर्न होला भन्ने हुन्थ्यो र कसैलाई पनि चिनेको थिएन पछि गर्दै जादा बुझ्दै जादा सबै लाई चिनिन थालियो । बुझियो अनि बिस्तारै सजिलो पनि भयो । मैले बाहिरी देशमा गएर कलाकारिता सम्बन्धि ज्ञान पनि लिएको छु पछिल्लो समयमा निकै सजिलो भएको छ ।

० तपाईंले कलाकारिता क्षेत्र नै किन रोज्नुभयो ?
सानोमा फिल्म हेर्न जाँदा कमेडी कलाकारको अभिनय देखेर हलमा सबै हाँस्थे । त्यतिबेला नेपाल टेलिभिजन बाहेक अन्य टेलिभिजन पनि थिएन । सो समय टेलिभिजनमा देखिने कलाकारको चर्चा धेरै हुन्थ्यो । यो सबै देखेर सानैदेखि कलाकारितामा तिर रुचि बढ्यो । आफ्नो रुचिको बिषय यहि भएर कलाकारिता रोजे ।

० पछिल्लो समयमा तपाईंले गित पनि गाउनु भएको छ कति वटा गाउनु भयो ?
मैले अहिलेसम्म एक दर्जन जति गित गाएको छु गित लेख्ने पनि गरेको छु अहिलेसम्म त्यस्तै १५ भन्दा माथि गित लेखेको छु ।

० अभिनयको पहिलो आम्दानी र यस क्षेत्र बाट बाच्न सक्नु हुन्छ ?
एक बृतचित्रमा काम गरेको २ हजार मिलेको थियो । सो समय २ हजार ठुलै रकम थियो । त्यो पैसा अध्यायनमा खर्च गरे । बाच्ने कुरामा चाहिँ आफुमा राम्रो क्षमता छ भने बाच्न मज्जाले सकिन्छ तर आफुमा केही खुबी चाहिँ हुनु पर्छ ।

० कमेडी अभिनय गर्न किन रुचाउनु भयो ?
म सानैदेखि चुलबुले खालको केटा थिए । अरुलाई हँसाउन माहिर थिए । गाउँघरका, स्कुलमा कार्यक्रम हुँदा हसाउन आउनु होला भने चिट्ठी समेत आउँथ्यो । यही क्रममा कमेडीको लत बस्यो । अर्काे कुरो मैले जीवनमा हिरो हुन्छु भनेर कहिल्यै रहर गरिन ।

० तपाईंको बिचारमा के रहेछ कलाकारिता ?
यो क्षेत्र बुझ्नेका लागि श्रीखन्ड, नबुझ्नेका लागि खुर्पाको बिड भने जस्तो छ । आफैले केही क्रियसन गर्न सकियो भने यो क्षेत्रमा नाम, दाम सबथोक अथाह छ । अर्काको मात्र भर पर्ने हो भने केही गर्न सकिन्न ।

० प्रेम ?

छैन, छैन । गाउँबाट म अभिनयका लागि काठमाडौ छिरेको ब्यक्ति । काठमाडौमा बसेर, पढेर, अभिनयमा स्ट्रगल गर्न सजिलो छैन । स्ट्रगलको पिरियडमा कलाकारिताको बिषयमा बुझ्न कलाकार बस्ने ठाउँ खोज्दै हिँड्थे । अहिले ब्यस्त भएपछि भने फुर्सद भएन । सिधै भन्दा प्रेम गर्नेतिर कहिल्यै ध्यान गएन । मन पराउने होलान् । हाहाहा ।

० अभिनय बाहेक रुचिको विषय ?
गायन र लेखन मनपर्छ नयाँ नयाँ ठाउँ गुम्न मन पर्छ यस्तै हो । मेरो केही सौख छन् । ती मध्येको एक घुमघाम हो । बाचुन्जेल संसार घुम्नुपर्छ भन्ने मान्यता मेरो छ ।

० भबिस्यको योजना के भनाउनु भएको छ ?
फिल्म क्षेत्रको सफल निर्देशक बन्ने सपना हो । केही पहिले रिलिज भएको फिल्म ‘नमस्ते नेपाल’ मा मुख्य सहायक निर्देशक भएर काम गरेको थिए । निर्देशक पनि हुन्छु होला । त्यसका लागि निर्माताले साथ दिनुपर्यो ।

कस्तो केटा ?
म फन्नी खालको छु । रोमान्टिक छु । जो कोहीसँग सजिलै मिल्न सक्छु । रमाइलो गरिरहनुपर्ने मानिसमा पर्दछु ।

० तपाईं यस क्षेत्रमा नआउनु भएको भए के गर्नु हुन्थ्यो होला ?
सायद, म फ्रष्टेसनमा हुन्थे कि । किनभने सानैदेखि अभिनयको भूतले ममा जरो गाडिसकेको थियो । खाडी मुलुकमा पनि काम गरिरहेको हुन्थे होला । धेरै नेपालीको बाध्यता त्यही हो ।

० अन्तमा …………..?
अन्तमा मेरो केही कुराकानी प्रकाशन गर्न लाग्नु भएकोमा भाइ अरबिन्द्र र मिडिया लाई धेरै धेरै धन्यवाद साथै सम्पुर्ण दर्शक श्रोताहरु प्रती आभारी छु सदैब यसैगरी माया र साथ दिनु होला । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्