तेस्रो हिमालयन अन्तराष्ट्रिय अवार्ड एक विशेष समारोहका बिच काठमाडौंमा सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तराष्ट्रिय अवार्डको तेस्रो संस्करणमा गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच मध्ये बाट पनि सर्वउत्कृष्ट हुने लाई अवार्ड प्रदान गरिएको थियो ।

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराको साथ वैशाख ९ गते शनिबारका दिन जमलमा रहेको होटल यल्लो पगोडामा एक विशेष भव्य समारोहबीच उत्कृष्ट पाँच मध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो ।

अवार्डमा आधुनिक विधा तर्फ उत्कृष्ट पाँच मध्ये बाट पनि सर्वउत्कृष्ट भइ पिरतीको बाटोमा.. बोलको गित बाट गायक हरि कर्माचार्यले अवार्ड हात पार्न सफल भएका थिए । हाल अमेरिकामा रहेका गायक हरि कर्माचार्यले पछिल्लो समय एक पछी अर्को गरि अवार्डहरु हात पारिरहेका छन् । कर्माचार्यले अस्ति भर्खरै सम्पन्न राष्ट्रिय समावेशी म्युजिक अवार्ड निम अवार्ड २०२३ मा सर्वउत्कृष्ट भइ पिरतिको तालमा बोलको गित बाट पनि अवार्ड हात पारेका थिए ।

संगित क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हरि कर्माचार्य एक सुपरिचित नाम हो । संगितककै शिलसिलामा थाइल्याड, हङकङ, कतार, भारत, अमेरिका लगायत विभिन्न देशहरुमा गएर आफ्नो बोजोड प्रस्तुती दिइरहेका छन् । कर्माचार्यको आकाशैमा चिल उड्यो फनन, पिरतिको तालमा, हेर्न देऊ तिम्रो मुहार, टाटा गाडीमा, दार्जिलिङको रेल, हल्ला मच्चियो, ज्यानमारा जोवन, टाटा वाइवाई, आउने भए आउ माया र ओठको मुस्कान लगायतका सयौ लोकप्रिय गितहरु बाट एक पछि अर्को गरि सर्वउत्कृष्ट भइ अवार्ड तथा सम्मानहरु प्राप्त गरिरहेका छन् । उनले आजभन्दा १५ वर्ष अगाडि गायको पिरतीको तालमा र मायाको डोरीले बोलको गित आजसम्म पनि सर्वाधिक रुचाइएको छ ।

तेस्रो हिमालयन अन्तराष्ट्रिय अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भाषाभाषीका गीतका सर्वउत्कृष्टहरु लाई अवार्ड प्रदान गरिएको थियो ।