मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४ को ग्राण्ड फिनाले असार २० गते राष्ट्रिय नाच घर जमल काठमाडौैैमा सम्पन्न भएको छ । दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करण सम्पन्न भएको हो ।
सञ्जिता तामाङले मिस ब्युटीफुल र विजया अधिकारीले मिसेस ब्युटीफुलको उपाघी जितेका हुन । प्रतिष्पर्धाबाट मिस ब्युटीफुल तर्फ बिपना मल्ल फष्ट रनरअप, ईश्वरी हमाल ठकुरी सेकेण्ड रनरअप र पब्लिक च्वाईस, जेलिना भट्टराई मोष्ट पपुलर, सञ्जिता तामाङ मोष्ट ट्यालेन्ट भए ।
त्यसैगरी मिसेस ब्युटीफुल तर्फ रमिता बज्राचार्य फष्ट रनरअप, रितु रौनियार सेकेण्ड रनरअप, विजया अधिकारी पब्लिक च्वाईस, मोष्ट पपुलरसमेत बनिन । ग्राण्ड फिनालेमा दुबै समुहका आठ÷आठ गरी १६ सहभागीले भाग लिएका थिए ।
प्रतिष्पर्धाको जर्जमा कलाकारहरु सरोज खनाल, यम बराल, सुनिता दुलाल, मञ्जु थापा, बालकृष्ण पोख्रेल, मनकुमारी पोखे्रल र निलम गुरुङरहेका थिए ।
दक्ष ईन्टरनेशनलका प्रमुख एवं कार्यक्रम संयोजक समेत रहेका मेकअप आर्टिष्ट टेकराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा, संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलगायतको आतित्यता रहेको थियो ।
लामो समयदेखि सौन्दर्यक्षेत्रमा जमेका मेकअप आर्टिष्ट टेकराज पाण्डेको आफ्नो ईभेन्ट कम्पनी दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको कार्यक्रमको प्रायोजकमा पूर्णयु आयुर्वेद अस्पताल, कावेरी इन होटल, पाकशाला रेस्ट्रो बार र होटल रहेका छन ।
कार्यक्रमकोव्यबस्थापकमा सौन्दर्यकर्मी गिता उप्रेती, निर्देशकमा टेकराज पाण्डे, कोरियोग्राफरमा रोशनी चन्दलगायत रहेका थिए ।