आगामी केहि समयमा थाईल्याण्डको राजधानी बैंङ्ककमा नेपालको तर्फबाट पहिलो पटक गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड हुने भएको छ ।
नेपाली गित संगितको क्षेत्रमा बिगत लामो समयदेखि काम गर्दै आईरहेको कम्पनी म्युजिक ल्याबले कला र गलाको सम्मान तथा अग्रजलाई सम्मान तथा अनुजलाई प्रोत्साहन स्वरुप गोल्डेन म्युजिक अवार्ड गर्ने भएको हो । बर्तमानमा जताततै अवार्ड र सम्मानका कार्यक्रमले अवार्डलाई नै गलत दृष्टिले मूल्यांकन गर्न थालिएको अवस्थामा म्युजिक ल्याबको यो अवार्ड भने फरक र विशेष हुने आयोजक संस्थाका लक्ष्मण श्रेष्ठले जानकारी दिए । उनका अनुसार थाईल्याण्ड सिंगापुर र मलेसिया तीनवटा देशको सांगीतिक यात्रा सँगसँगै यो अवार्ड भने थाईल्याण्डमा गरिने छ । जसको अन्तिम तयारी भैरहेकोले भाग लिन ईच्छुक भएरपनि कोहि छुट्नु भएको भए आयोजक सँग सम्पर्क गर्न सकिने छ ।