केहि समय अघि मात्र स्थापना भएको रोटरी इ क्लब अफ नमोबुद्धले मंगलबार एकै दिन ३ सामाजिक कार्यक्रम गरेको छ ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका निर्वतमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु, पनौती–५ का वडा अध्यक्ष विनोद खत्री, क्लबका एसिस्टेन्ट गभर्नर भुवनसिंह कुँवर, निर्वतमान डिस्ट्रिक्ट सेक्रेटरी दिनेश मानन्धर, रोटरी इ क्लब अफ नमोबुद्धकी चार्टड प्रेसिडेन्ट गंगा लुइटेल, क्लबका पदाधिकारी, क्लब सदस्य तथा अन्य क्लबका आमन्त्रित अतिथि रोटरियनहरुको उपस्थितिमा पनौतीमा रहेको मानव कल्याण समाजको बाल सेवा घरको लागि अतिआवश्यक भाडाकुडाहरु, प्लेट २५ थान, मेलमाईन कप २५ थान, मेलमाईन हाफ डिनर प्लेट २५ थान, बाल्टिन २ थान, खाना राख्ने सेट ४ थान, टावेल ४ थान, साबुन ४ प्याकेट, गिलास २५ थान, चम्चा ४८ ओटा, चपिङ बोर्ड २ ओटा, चक्कु २ ओटा, त्रिपाल ४ थान, लुगा सुकाउने डोरी ४ थान, डाडु २ ओटा र बिस्कुट २ कार्टुन प्रदान गरिएको हो ।
सोहि दिन बनेपास्थिति शिर मेमोरियल अस्पतालमा रहेका सुत्केरी महिला तथा नबजात शिशुका लागि आवश्यक पौष्टिक आहारजन्य सामग्री तथा लुगा प्रदान गरिएको थियो । त्यस्तै रोटरी इ क्लब अफ नमोबुद्धको अगुवाईमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका निर्वतमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु, क्लबका एसिस्टेन्ट गभर्नर भुवनसिंह कुँवर, निर्वतमान डिस्ट्रिक्ट सेक्रेटरी दिनेश मानन्धर, रोटरी इ क्लब अफ नमोबुद्धकी चार्टड प्रेसिडेन्ट गंगा लुइटेल, क्लबका पदाधिकारी, क्लब सदस्य तथा अन्य क्लबका आमन्त्रित अतिथि रोटरियनहरुको उपस्थितिमा मंगलबारनै बनेपा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र अन्य जनप्रतिनिधीसँग वृक्षारोपणबारे छलफल भएको थियो ।








