पाेखराकाे नाेबेल एकेडेमीका विद्यार्थीहरूले मंगलबार कलेजकाे गेटमा तालाबन्दी गरेका छन ।

नाेवेल काेराेना भाईरस COVID को महामरीले गर्दा बिद्यार्थीहरु प्रती पनि असर परेको हुदा विद्यार्थीले Fee Discount साथ साथै पठनपाठनकाे लागि अावश्यक सामाग्री ,व्यवस्थित प्रयाेगशाला लगायतको माग राख्दै बारम्बार पत्र लेखेर बुझुउदा पनि कलेजले चासो नदिएको हुदा सम्पुर्ण विद्यार्थीहरुले कलेजमा तालाबन्दी गर्ने कदम चालेका हुन ।

फाल्गुन ११ गते देखि विद्यार्थीकाे माग पूरा नभएसम्म शान्तिपूर्णरूपमा क्याम्पस प्रशासनमा तालाबन्दी सहित संयुक्त विज्ञप्ति जारि गरेका थिए । विद्यार्थीकाे गुनासो कलेजले नसुने भाैतिक रूपमा पनि क्षति हुनसक्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।